विद्यार्थीले विरुवा संरक्षण गर्ने

पुष्पराज अधिकारी

मकवानपुर । सामुदायिक विद्यालयमा अध्यापन गर्ने विद्यार्थीलाई अध्ययनसँगै दुई बिरुवाको जिम्मेवारी पनि थपिएको छ । प्रदेश ३ सरकारले एक विद्यार्थी एक बिरुवा कार्यक्रम लागू गरेसँगै सामुदायिक विद्यालयका विद्यार्थीको काँधमा बिरुवा बचाउने जिम्मेवारी थपिएको हो ।

सरकारले प्रदेशका सामुदायिक विद्यालयमा कार्यक्रम शुरु गरेको छ । संविधान दिवसको अवसर पारेर हेटौंडा–८ मा रहेको चन्द्रोदय माध्यमिक विद्यालयबाट कार्यक्रमको सुरुवात गरिएको छ ।

सरकारले शुरु गरेको कार्यक्रमको प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले उद्घाटन गर्नुभयो । कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पौडेलले विद्यालयमा विद्यार्थीको संख्या अनुसार वृक्षारोपण गर्ने र बिरुवाको संरक्षणको जिम्मा विद्यार्थिलाई दिने बताउनुभयो ।

वृक्षारोपण औपचारिकतामा मात्र सिमित नराख्न आग्रह गर्दै रोपिएका बिरुवाको संरक्षणको जिम्मेवारी समेत वहन गर्न सबैलाई आग्रह गर्नुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको डिभिजन वन कार्यालय मार्फत गरिएको बगैँचा निर्माण सहितको वृक्षारोपणमा दुईसय फलफूल लगायतका बिरुवा रोपिएको थियो । सरकारले २ लाख रुपैयाँ खर्च गरेर बगैचा सहितको वृक्षारोपण गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अच्युत उपाध्यायले जानकारी दिनुभयो ।

विद्यालयमा एभोकार्डो, लिच्ची, अम्बा, आँप, कटहर, अमला, तेवजात, नास्पाती, हलुवावेद, रुद्राक्षलगायतका बिरुवा रोपिएको छ ।

विद्यालय हरित कार्यक्रममा एक विद्यार्थी एक बिरुवाका लागि मन्त्रालयले प्रदेशका १५ डिभिजन कार्यालय मार्फत १३ जिल्लामा १३ हजार २ सय बिरुवा रोप्ने लक्ष्य लिएको छ । यस कार्यक्रमका लागि मन्त्रालयले २६ लाख ४० हजार बजेट छुट्याएको बताइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।

डा नम्बर १ का ४५ वर्षीय हर्कबहादुर कुमाल घरको जग खन्ने क्रममा पुरिएका हुन् ।