फेसबुकले गर्‍याे हजाराैँ एप्स् निलम्बन

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले हजारैँ एप्सलाई निलम्बन गरेको छ ।

सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्याङ्कका कारण फेसबुकले अध्ययनका लागि ती एप्सलाई निलम्बन गरेको कम्पनीले जनाएको छ ।

निलम्बनमा परेका एप्समध्ये झण्डै चार सय निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित् विवरणहरु चोरी हुनेगरी भएको क्याम्ब्रीज काण्डपछि फेसबुकले एप्सहरु निलम्बन गरेको हो ।

फेसबुकले सबै एप्स भने जोखिमपूर्ण नभएको स्पष्ट पारेको छ । सन् २०१८ मा केम्ब्रिज एनालिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको विवरण चोरेको तथ्य बाहिरिएको थियो । फेसबुकले निलम्बनमा परेका एप तथा शङ्कास्पद निर्माताबारे भने जानकारी दिएको छैन ।

निलम्बनमा पर्दैमा एपले मानिसलाई जोखिममा पारेको निश्कर्ष निकाल्न नमिल्ने फेसबुकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । फेसबुकबाट लिएको विवरण अरूलाई दिएको वा मानिसको परिचय खुल्नेगरी सार्वजनिक गरेको पाइएपछि केही एपलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

तनहुँ । अविरल वर्षाको कारण जिल्लाको विभिन्न ठाउँमा गएको पहिरोले जीवन गुमाउनेको संख्या ६ जना पुगेको छ । पहिराले घर…

काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीति क्षणिक अवस्थालाई भन्दापनि दीर्घकालीन अवस्थालाई हेरेर ल्याउनुपर्नेमा सबैको जोड रहेको छ । सरकारले…

दार्चुला । व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ…

काठमाडौं । जनता टेलिभिजन आजबाट चौंथो वर्षमा प्रवेश गरेको छ । जनताद्वारा जनताका लागि भन्ने नाराका साथ २०७४  साल असार…

मेष– धनमा सहयोग मिल्नेछ । व्यवसायमा लाभ हुनेछ ।  सहयोगबाट काम बन्नेछ । वृष– रोजगारीमा अवसर मिल्नेछ । राजनीतिमा ठाउँ मिल्नेछ…

काठमाडौं । ललितपुरको एउटै नगरमा १२ जनामा कोराेना भाइरस संक्रमण पुष्टि भएको छ । महालक्ष्मी नगरपालिकामा १२ जनामा कोरोना देखिएको…