‘चीनले अब अमेरिकालाई उछिन्छ’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले अमेरिकासँगको ‘ट्रेड वार’मा चीन विजयी हुने दाबी गर्नुभएको छ ।

‘अबको ७/८ वर्षमा चीनले अमेरिकालाई उछिन्छ’ शनिबार साहित्यकार भानु भण्डारीको ‘सांस्कृतिक क्रान्तिका आधार’ तथा ‘होलेरी’ कथा संग्रह विमोचन गर्दै वरिष्ठ नेता खनालले भन्नुभयो, ‘ चीनले ४० वर्षको छोटो अवस्थामै अर्थतन्त्रमा फड्को मारेको छ । अमेरिकासँगको ‘ट्रेड वार’मा पनि चीन विजयी हुनेछ । चीन महाशक्ति राष्ट्रको दर्जामा उभिन सक्नु संसारका कम्युनिष्ट तथा समाजवादी देशको लागि  उदाहरणीय हो ।’

नेता खनालले नेपाल पूँजीवादले जकडिएको उल्लेख गर्नुभयो । राजनीतिक परिवर्तन सम्पन्न भइसकेको छ, मुलुकलाई अब समृद्धिको दिशमा लैजानुछ’ उहाँले भन्नुभयो, ‘ नेपाली समाजलाई दलाल पूँजीवादले जकडिएको छ । सरकारलाई कर्मचारी नटेर्न त्यही कारण हो । त्यसलाई चिर्दै अगाडि बढ्नुपर्ने अवस्था छ । समाजवादतिर अघि बढन नीति, सिद्धान्त र व्यवहार हाम्रो पार्टी प्रष्ट हुनुपर्छ ।’

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

तिमी जुन बाटो हिँडिरहेका छौ– त्यो बाटो बनाउने परिश्रमी हातहरू कस्का थिए ? तिमी साँझ बिहान जुन अन्नले पेट भर्छौ–…

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।