‘विप्लव समूह पनि वार्तामा आउनुपर्छ’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेत्र विक्रम चन्द विप्लव समूहलाई वार्तामा आउन आव्हान गर्नुभएको छ ।

‘यदि कसैले बन्दुक उठाएर सत्ता हात पार्छु भन्छ भने त्यो गलत हो’ अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा बारुदी सुरुङ प्रतिबन्द्ध अभियान नेपालले शनिबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा नेता नेपालले भन्नुभयो, ‘विप्लव समूह पनि राजनीति गर्ने हो भने वार्तामा आउनुपर्छ ।’

वरिष्ठ नेता नेपालले बुद्धको देशमा अब हत्या, हिंसा र अशान्ति सम्भव नहुने बताउनुभयो । शक्तिको अहंकारबाट समस्या समाधान हुने भन्दा पनि बल्झिने भन्दै नेता नेपालले संयम भएर अगाडि बढ्नु पर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा मानवअधिकारकर्मीहरुले विगतमा भएको द्वन्द्वको पाठबाट सबैले बुझ्नु पर्ने भन्दै मानवअधिकारको रक्षाको लागि राजनीतिक दल प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…