इलाम कारागारमा ७६ कैदीबन्दी बिरामी

भगीरथ भण्डारी
इलाम । नेपालकै पहिलो नमुना कारागारको रुपमा भौतीक संरचना निर्माण गरिएको इलाम कारागारमा एकै पटक ७६ कैदीबन्दी बिरामी भएका छन् ।

एकैचोटी ७६ जना बिरामी परेपछि उपचारमा समस्या भएको छ । पाँच दिनदेखि ज्वरो आउने, टाउको दुख्ने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएका छन् ।

धेरै कैदीबन्दी बिरामी भएपछि अस्पताल लैजान समस्या भएको कारागार शाखा प्रमुख प्रदीप श्रेष्ठले बताए । उनले भने कारागारभित्रै सामान्य उपचार भइरहेको एकैपटक अस्पताल लैजान सम्भव छैन ।

चिकित्सक बोलाएर बिरामीको जाँच भइरहेको छ । इलाम कारागारमा ७२ पुरुष र ४ महिला बिरामी परेका छन् । १ सय पुरुष र २५ महिलाको क्षमता रहेको कारागारमा अहिले २ सय ३८ पुरुष र २३ महिला कैदीबन्दी रहेको कारागारले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।

डा नम्बर १ का ४५ वर्षीय हर्कबहादुर कुमाल घरको जग खन्ने क्रममा पुरिएका हुन् ।