वृहत रक्तदान कार्यक्रम

काठमाडौं । नेपाल मानव धर्म विकास समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रममा देशभरबाट १ हजार एक सय ७४ जनाले रक्तदान गरेका छन् ।

समितिका प्रणेता सतपालजी महाराजको पावन जन्मोत्सव मनाउने क्रममा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा महात्मा चमेली वाईजीले सबैजनालाई गायत्री मन्त्रको बारेमा थाहाँ भएको तर व्यवहारमा कसैले पनि उर्तान नसकेकाले मन्त्रले दिएको ज्ञानलाई व्यवहारमा उतार्न प्रेरणा दिनुभयो ।

त्यस्तै शास्त्रले दिएको ज्ञानलाई सबैले सही उपयोग गरी हृदयमा भएको कालो बादल हटाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘यस्तो ज्ञान सद्गुरुले मात्र दिन सक्ने भएकाले सबैले आफ्नो जीवनमा सद्गुरुको खोजी गर्नुपर्छ ।’

जन्मोत्सव कार्यक्रममा समाजसेवी अनुराधा कोइरालाले जन्मिएपछि मर्र्नैपर्ने मानिस जीवनलाई सकारात्मक काममा लगाउन सकेमात्र आफूलाई सबैले सम्झिने र जीवन पनि सफल हुने बताउनुभयो ।

त्यस्तै काठमाडौं वडा नम्बर–९ का सदस्य श्रीराम राईले धर्मले हामीलाई जीवन जिउने कला सिकाउनुका साथै सकारात्मक सोचको विकास गर्ने कुरामा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘धर्म भनेको बुढेसकालको साथी भन्ने हो सोच नै गलत छ, सानैदेखि यसको बारेमा सबैले थाहा पाए मात्र सभ्य समाजको निर्माण गर्न सकिन्छ ।’ त्यस्तै कार्यक्रममा बोल्दै समाजसेवी कल्याण तिमल्सिनाले धर्मको रक्षा गर्न सके मात्र धर्मले हाम्रो रक्षा गर्नेमा जोड दिनुभयो ।

जन्मोत्सवकै अवसर पारेर समितिले बिहान कार तथा मोटरसाइकल र्यालीको पनि आयोजना गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष– भाग्यले साथ दिनेछ, पुरानो काममा प्रगति हुनेछ । वृष– आलोचना खेप्नुपर्नेछ, अचानक काम बिग्रिनेछ । मिथुन– व्यवसायिक यात्रा हुनेछ,…

साहित्य दर्शनका साथै गोपीरमण उपाध्यायको जीवनमा राजनीतिक पाटो पनि समानान्तर रुपमा आएको छ ।

संक्रमितमध्ये ३ जना पुरुष र एक महिला केही दिन अघि भारतबाट फर्किएकाे खुलेको छ ।

कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

काठमाडौं । संविधान संशोधन माग गर्दै संघीय संसद सचिवालयमा फेरि अर्को प्रस्ताव दर्ता भएको छ । सांसद प्रेम सुवालले शुक्रबार…

काठमाडौं । लकडाउनको बेला ढुवानी रोक्नेलाई कारबाही गरिने भएको छ । सरकारले अत्यावश्यक वस्तुको ढुवानीमा अवरोध गर्नेलाई कडा कारबाही गर्न…