दशैंका लागि टिकट बुकिङ खुला

काठमाडौं । बडा दशैंका लागि बसको टिकट बुकिङ खुला गरिएको छ ।

नयाँ बसपार्क, पुरानो बसपार्क, गौशाला, चाबहिल, कोटेश्वरलगायतका स्थानबाट दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको हो ।

बसको टिकट बुकिङ खुला भएसँगै टिकटका लागि लाइन बस्ने यात्रुको भीड देखिएको छ । टिकट पाइँदैन कि भन्ने आशंका पालेका यात्रुको नयाँ बसपार्कमा भीड लागेको हो ।

सरकारले टिकटका लागि कुनै समस्या नभएको आश्वस्त पार्न नसकेपछि यात्रु आत्तिएको अवस्थामा बस टिकटको अग्रिम बुकिङका लागि नयाँ बसपार्क पुगेको पाइएको अधिकारीकर्मीले बताएका छन् । उनीहरुले सरकारले वृद्ध, असक्त महिलाका लागि छुट्टै टिकट लाइनको समेत व्यवस्था गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।

नयाँ बसपार्कमा अनुगमनका लागि पुग्नु भएका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले व्यवसायी र सरकारबीच भएको सहमति अनुसार टिकटको व्यवस्था नगरिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले दशैंमा घर जान टिकट पाइँदैन कि भन्ने आशंका यात्रुहरुमा रहेकाले त्यसको तत्काल व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । वृद्ध, असक्त महिलाका लागि टिकट लिने छुट्टै लाइनको व्यवस्था हुनुपर्ने सहमति पालना नगरिएकोमा अध्यक्ष तिमिल्सिनाको आपत्ति छ ।

यता, सुरक्षा निकायले भने टिकट लिन गएका यात्रुलाई सास्ती दिने काम गरे बस व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनी दिएको छ । प्रहरी निरीक्षक सन्तोषकुमार दाहालले टिकट लिने लाइनमा बिचौलिया भेटिए बस व्यवसायीमाथि कडा कारबाही हुने चेतावनी दिनुभयो ।

सरकारले दशैंमा घर जाने यात्रुका लागि सवारी साधनको अभाव हुन नदिने आश्वास्त पारेको छ । नयाँ बसपार्कमा भेटिएकी यातायात व्यवस्था विभागकी लेखा अधिकृत शारदा पाण्डेले यात्रुलाई समस्या परेमा थप सवारी साधनको तत्काल व्यवस्था हुने जानकारी दिनुभयो । उहाँले पहिलो दिन टिकट लिन लाइनमा बसेका यात्रु आत्तिएको अवस्थामा पाइएको उल्लेख गर्दै बस पाइँदैन कि भन्ने आशंका नपाल्न पनि सबै यात्रुलाई आग्रह गर्नुभयो ।

सरकारले टिकट बुकिङमा नागरिकलाई सहज बनाउन टिकट काउन्टरको छेउमा नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ । यातायात व्यवस्था विभागले दशैंको टिकट बुकिङका लागि गौशाला, चाबहिल, कोटेश्वर, कलंकी र नागढुंगामा पनि टिकट पाउने व्यवस्था गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

साताको अन्त्यमा भने धर्ममा रुचि जाने एवम ठुलाबडाको साथ मिल्नेछ राजनीतिक क्षेत्रबाट लाभ एवम काममा प्रगति हुनेछ ।

जिम्मेवारी थपिनेछ, मित्र भेटमा रमाइलो हुनेछ ।

ज्यान बचाउन ती युवा भेरीमा हाम फालेको सोती गाउँका गाउलेको भनाइ छ ।

संक्रमितहरु गत बैशाख ३१ गते भारतबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका थिए ।

अर्घाखाँचीका ३५ वर्षीय पुरुषको भारतबाट आउने क्रममा बाटोमै मृत्यु भएको हो ।

सेनाले भारतीय सञ्चारमाध्यमा आएका समाचारलाई ‘प्रोपगान्डा’ भन्दै सचेत रहन पनि विज्ञप्तिमार्फत सबैसँग आग्रह गरेको छ ।