यी महिलाले गरिन् ९ जनासँग विवाह

एजेन्सी । एक जना महिलाले कति जना पुरुषसँग विवाह गर्लिन, एकजनासँग वा दुईजनासँग । तर एक महिलाले भने विवाहमा नयाँ रेकर्ड कायम गरेकी छन् । एकपछि अर्को गर्दै ती महिलाले ९ जना पुरुषसँग प्रेम विवाह गरिन् ।  घटना सार्वजनिक भएपछि महिलाका आठौं पतिले प्रहरीमा मुद्दा दर्ता गरे ।

प्रहरीले उक्त घटनामा सम्झौताका लागि धेरै प्रयास गर्यो । तर कुरा मिलेन । महिलाले नवौं पतिसँग प्रेम गरेको बताइन् र उनीसँगै हिँडिन् ।
प्रहरीका अनुसार भारतको लखीमपुर शहरको सदर क्षेत्रमा बस्ने महिलाको १० वर्ष पहिले सोही ठाउँका एक युवकसँग विवाह गरेकी थिइन् । केही दिनपछि पती–पत्नीबीच खटपट भयो । त्यसपछि महिलाले पतिसँगको नाता तोडेर आफ्नै मर्जीले दोस्रो युवकसँग विवाह गरिन् ।

दोस्रो पुरुषसँग पनि केही समय विताएर उनले तेस्रो पुरुषसँग विवाह गरिन् । तर तेस्रो पुरुषसँगको सम्बन्ध पनि धेरै दिन टिक्न सकेन । हरेक पटक महिलाको उनका पतिसँग मनमुटाव हुँदै आयो र उनले जतिपटक मनमुटाव भयो सम्बन्ध तोड्दै नयाँ पुरुषलाई आफ्नो जीवनसाथी बनाउँदै गइन् ।

आठौं पटकको विवाह पछि सम्बन्धमा केही स्थायित्व आयो । फरधान भन्ने ठाउँका एक व्यक्तिसँग विवाह गरेपछि ती महिला उनीसँग करिब ५ वर्ष सम्बन्धमा बसिन् । सम्बन्धमा रहँदा उनी ४ वटा बच्चाकी आमा बनिन् । समय अगाडि बढ्दै थियो तर, फेरि पति र पत्नीबीच विवाद भयो ।

आठौं पतिसँग बस्ने मन नलागे पछि ती महिलाले अर्को पुरुषसँग नवौंपटक विवाह गरेर फरधान छाडेर मोहम्मदी भन्ने ठाउँमा आएर बस्न लागिन् । तर आठौं पतिले उनीविरुद्ध फरधान प्रहरी चौकीमा रिपार्ट दर्ता गराए र मोहम्मदी भन्ने ठाउँका युवकले आफ्नो पत्नी भगाएको आरोप लगाए ।

त्यसपछि प्रहरीले महिला र उसका नवौं पतिको खोजी शुरु गर्यो । खोजी शुरु गरेको केही दिनपछि प्रहरीले महिला र उनका नवौं पतिलाई पक्राउ गरि उनीहरुलाई स्थानीय अदालतमा पेश गरिएको थियो ।

महिलाले आफू नवौं पतिसँग बस्न इच्छुक रहेको बयान दिएपछि अदालतले आठौं पतिले दायर गरेको मुद्दा खारेज गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका वृद्धले कोरोनाको कारण जीवन गुमाएका हुन्…