सरकार विरुद्ध कांग्रेसको प्रदर्शन

पुष्पराज अधिकारी
मकवानपुर । दोश्रो चरणको जागरण अभियानमा रहेको प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध हेटौंडामा प्रदर्शन गरेको छ ।

विरोध जुलुससहित हेटौंडामा जागरण अभियानको समापन गर्दै नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर पार्टी सभापति इन्द्रबहादुर बानियाँले वर्तमान सरकार काण्डैकाण्डमा फसेको र जनविश्वास गुमाइसकेको बताउनुभयो । नेता बानियाँले सरकार असफल हुँदा व्यवस्थाविरोधी तत्वसमेत सल्बलाइरहेको बताउनुभयो ।

हजारौँको बलिदानमा फेरिएको व्यवस्थालाई परिवर्तन गरी देशमा नयाँ संविधानमार्फत व्यवस्था फेरिए पनि कम्युनिष्टको कारण पूर्व राजादेखि वर्तमान व्यवस्थाविरोधीहरु सल्बलाउन थालेको उहाँको भनाइ छ । सरकार हत्याहिंसा, बलात्कार काण्ड, सुन काण्ड, वाइडबडी काण्ड जस्ता काण्डैकाण्डमा फसिरहेको बानियाँको आरोप छ ।

वर्तमान सरकारले संविधानकै बर्खिलापमा ऐन कानून बनाउन थालेको भन्दै कांग्रेसले खबरदारी गरिरहेको उहाँले बताउनुभयो । संविधानविपरीत ऐन कानून निर्माणमा सरकारले जबरजस्ती गरे कांग्रेसले सशक्त प्रतिकार गर्ने चेतावनी दिनुभयो । लोकतन्त्र र प्रजातन्त्रको सम्मान गर्दै अघि बढ्नेमा विश्वस्त तुल्याउँदै बानियाँले कम्युनिष्टले पेलेरै अघि बढ्न खोजे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभयो ।

हेटौंडाको पार्टी कार्यालयबाट निस्किएको विरोध र्याली बजारका विभिन्न भाग परिक्रमा गरी बुद्धचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…