‘पति भन्दा पनि असल साथी गुमाएँ’ (भिडियाेसहित)

काठमाडौं । विद्या भट्टराईको जन्म काठमाडौंको चाबहिलमा भएको हो । बुवा हेमराज भट्टराई र आमा भगवती भट्टराईको एकमात्र सन्तान विद्या सानैदेखि मिलनसार स्वभावको हुनुहुन्थ्यो । उहाँलाई समूहमा काम गर्न खूबै मन पर्ने । त्रिभुवन विश्वविधालयबाट समाजशास्त्रमा एम फिल गर्नु भएकी विद्या अहिले त्रिभुवन विश्वविधालयमा रिसर्च सेन्टरमा उपप्राध्यापक हुनुहुन्छ । यसअघि उहाँ १४ वर्ष पहिले देखि नै प्राध्यापनमा सकृय हुनुहुन्थ्यो ।

रविन्द्र अधिकारी र विद्या तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ताका रुपमा करिव तीन दशकअघि भेटिनु भएको थियो । संगठनमा रविन्द्र सिनियर हुनुहुन्थ्यो । दुवैले लामोसमय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गर्नुभयो । २०५५ सालमा विहे भएपछि रविन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निस्क्रिय हुनुभयो । पतिको राजनीतिक राजमार्ग फराकिलो बनाउन जीवन सँगिनी विद्या दुई दशकअघि नै सक्रिय राजनीतिबाट टाढिनु भएको थियो ।

अनेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घर व्यवहार धान्दै दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउनेमा ध्यान दिनुभयो । विद्याकै साथ र सहयोगले पति रविन्द्र राजनीतिमा अगाडि बढ्दै जानुभयो । हुँदा सांसद हुँदै मन्त्री समेत हुनुभयो । संकृति, पर्यटन तथा नागरिक उडययन मन्त्र अधिकारीको एयर डाइनेष्टी हेलिकप्टर दुर्घटना परी २०७५ फागुन १५ गते अकल्पनीय निधन भयो । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित ७ जनाको दुखद् निधन भयो । रविन्द्रको निधनपछि विद्याको जीवन वियोगान्त भएको छ । उहाँ भाविह्रल  बन्नुभएको छ ।

रविन्द्रको अकल्पनीय निधनबाट उहाँले एउटा असल साथी गुमाउनु पर्दा उहाँमाथि बज्रपात भएको छ । यतिखेर असैह्य पीडामा हुनुहुन्छ उहाँ । तै पनि उहाँ शोकलाई शक्तिमा परिणत गर्ने प्रयत्नमा हुनुहुन्छ । जीवन साथी रविन्द्रलाई गुमाएपछि पार्टीका कार्यकर्ता र बासिन्दाले उहाँलाई राजनीतिमा सक्रिय हुन सल्लाह दिएका छन्, आग्रह गरिहेका छन् । विद्या यतिखेर आफ्नो जीवनलाई अब कसरी परिभासित गर्ने ? अझै अन्योलतामै हुनुहुन्छ उहाँ । प्रस्तुत छ, जनता टेलिभिजनको कार्यक्रम ‘प्रेरणा’का लागि प्रतिमा चौधरीले यिनै सेरोफेरोमा विद्या भट्टराईसँग गर्नुभएको कुराकानीकाे भिडियाेः

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चुरे क्षेत्रका बासिन्दालाई हरेक बर्षको समयमा बाढि, पहिरो र भुक्षयको डरले निद्रा आउन छाडेको छ ।

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…