एनआरएनए युरोप संयोजक बरुवालद्वारा केन्द्रीय सचिवमा उम्मेद्बारी घोषणा

काठमाडौं । आउँदो अक्टोबर १५–१७ मा काठमाडौंमा हुने एनआरएनए आइसीसीको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा एनआरएनए युरोप संयोजक तथा समाजसेवी एवं बेल्जियमका लागि पर्यटन बोर्डका मानार्थ पर्यटन दूत शिवकुमार बरुवालले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिव पदमा उम्मेद्बारी दिनु हुने भएको छ ।

युरोप संयोजकको हैसियतले २ वर्ष कार्यकाल सफलता पूर्वक सम्पन्न गरी आगामी दिनमा एनआरएनएको अभियानलाई अझै समृद्ध र सुदृढ गरी सबै गैरआवासीय नेपालीको अपनत्व हुने गरी नीति तथा कार्ययोजना अगाडि बढाउन र नेपालको समृद्धिमा एनआरएनलाई बलियो सहयात्रीको रुपमा स्थापित गर्न आफूले एनआरएनको सचिव पदमा उम्मेद्बारी दिन लागेको उहाँले बताउनु भएको छ ।

एनआरएनए बेल्जियमको स्थापनाकालदेखि नै एनआरएनए सस्थाप्रति दत्तचित भई लाग्नु भएका बरुवाल २००७ मा एनआरएनए बेल्जियमको सचिवालय सदस्य हुदैं यो अभियानमा आउनु भएको हो । । २००९–२०११ मा बेल्जियम एनआरएनएको महासचिव, २०११–२०१३ मा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समिति (आइसीसी) सदस्य सन २०१७( २०१९ मा एनआरएनए युरोप संयोजकमा निर्वाचित भइ हाल युरोप सयोजकको हैसियतले एनआरएनएका विभिन्न गतिविधिमा सक्रिय हुँदै आउनुभएको छ ।

उहाँ युरोप सयोजकमा निर्वाचित भइसके पछि युरोप क्षेत्रमा एनआरएनएको संजाल बिस्तार गर्ने कार्यमा सक्रिय भइरहनु भएको छ । माल्टा , स्लोभाकिया जस्ता देश हरुमा एनआरएनको राष्ट्रिय समिति गठन गरी युरोप क्षेत्रमा २८ राष्ट्रमा एनआरएनए संजाल बिस्तार गर्न उहाँको महत्वपूर्ण भूमिका छ । उहाँले आफ्नो कार्यकालमा २०१८ मा लक्जम्बर्गमा २०१९ मा इटलीमा २ पटक युरोपियन भेला सम्पन्न समेत गर्नुभएको छ ।

एनआरएनएको उदेश्य अनुरुप २०१८ मा लक्जम्बर्गको प्रथम पटक नेपाल का परराष्ट्रमन्त्रीलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरी नेपालमा सीप तथा प्रविधि र पूँजीलाई कसरी नेपाल लैजाने भन्ने विषयमा छलफल भएको थियो । यसवर्ष इटलीमा नेपाल सरकारका कानुन मन्त्री , युरोप भरिका राजदस्त नेपाली राजदूतहरु, पर्यटन सचिव नेपाल भ्रमण वर्षका संयोजक सुरज बैद्य लगायत सम्पूर्ण एनआरएनएका अभियन्ताको उपस्थितिमा इटलीका नागरिकलाई उपस्थित गराइ नेपाल भ्रमण वर्षको प्रचार प्रसार समेत गराउन सकारात्मक भूमिका निर्वाह गर्नुभएको छ ।

भेलाको भोलिपल्ट नेपालका कानुनमन्त्रीको उपस्थितीमा एनआरएनएको गैरआवासीय नेपाली नगरिकता दिने विषयमा कानुनमा के भइ रहेको छ ? गैरआवासीय नेपालीले आर्जन गरेको सम्पत्ति अबको कानुनमा के हुने ? जस्ता विषयमा छलफल र अन्तरक्रिया समेत गराउन सफल हुनुभएको छ । अन्तरक्रियामा पश्चात एनआरएनएको नगरिकता सम्बन्धी धेरै विषय अन्यौलमा रहेको बेला कानुनमन्त्री मार्फत प्रष्ट बनाउन सकारात्मक भूमिका निर्वाह गरिसक्नु भएको छ ।

आफ्नो कार्यकालमा एनआरएन आइसीसीले शुरु गरेक हरेक कार्यक्रम देखि एनआरएनएको विभिन्न क्षेत्रमा भएका क्षेत्रीय भेलामा पनि उहाँले सक्रिय सहभागिता जनाउँदै आउनु भएको छ।

सन २००० मा आफ्नो अध्यनको क्रममा बेल्जियममा पुग्नुभएका बरुवाल बेल्जियम पुग्ना साथ बेल्जियममा विभिन्न संघसस्थाको संस्थापक हुँदै हाल बेल्जियम का सबै क्रियाशील संघ–संस्थामा उनी प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोगी बन्दै नेपालीको दुःखमा मल्हम लगाउन हरेक क्षेत्रमा सक्रिय रहँदै समाजसेवा नै मानवीय धर्म हो भन्दै अहोरात्र खटिदै आउनुभएको छ । एनआरएन र विभिन्न सामजिक सस्थामार्फत उहाँले नेपालको दुर्गम जिल्लामा विभिन्न परोपकारी काम गरी असल माननीय कार्यमा संलग्न हुँदै आउनु भएको बेल्जियमबासी बताउँछन् ।

बेल्जियममा नेपाली सामाग्रीको प्रर्वद्धन गर्दै व्यवसायिक रुपमा नेपाली सामाग्रीको डिपार्टमेन्टस्टोर , रेस्टुरेन्ट र एशियन सामाग्रीको होलसेल स्टोर सफलता पूर्वक सञ्चालन गर्नुभएको छ । हाल बेल्जियमका व्यवसायीलाई एकतावद्ध बनाउदै सामूहिक रुपमा नेपाल हाइड्रो र कृषि क्षेत्रमा लगानी भित्र्याउन काम समेत अग्रसर हुँदै आएका छन ।

बरुवाल नेपाल पर्यटन बोर्डको बेल्जियमका लागि मानार्थ पर्यटन दुत समेत रहेका व्यक्ति भने बेल्जियम र युरोपभरी पर्यटन प्रवर्द्धनमा पनि विभिन्न कार्ययोजना बनाएर सक्रिय भूमिका निभाउदै आउनु भएका सामाजिक अभियान्ता समेत हुनुहुन्छ ।

एनआरएनका उदेश्य र क्षेत्रअन्तर्गत सबै ठाउँमा आफूलाई सामाजिक अभियान्ताका रूपमा अब्बल सावित गर्नका लागि बरुवालले आफ्नो जिम्मेवारीलाई माननीइ सेवाको रूपमा दत्तचित्त भइ लगनशीलताका साथ सम्पन्न गर्दै सफल समाजसेवीको रूपमा स्थापित हुनुभएका बरूवालको गतिविधिलाई नियाल्दै आएकी स्पेनबासी मनिषा लामिछाने बताउँछिन् । एनआरएनएको आगामी कार्यकालको लागि पनि सबैको प्रिय सक्षम र अब्बल उम्मेद्बारको रुपमा युरोप संयोजक बरुवाललाई लिइएको युरोपबाट पत्रकारिता गर्दै आएका दीपेन्द्र गजुरेल बताउँछन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…