कांग्रेसको राष्ट्रिय जागरण अभियान समापन

नारायण थापा
भक्तपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री अम्बिका बस्नेतले सरकारले जनअपेक्षा अनुसार मुलुकलाई सही दिशा दिन नसकेको बताउनुभएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरले आयोजना गरेको राष्ट्रिय जागरण अभियान दोस्रो चरणको समापन तथा विरोध कार्यक्रममा बोल्दै उहाँले सरकारको गतिविधि संघीयता विरोधी भएको र सरकारले काम गर्ने ठोस योजना पनि प्रस्तुत गर्न नसकेको दावी गर्नुभयो ।

शान्ति शुव्यवस्था कायम हुनुको बदला मुलुकमा हत्या, हिंसा, बलात्कार, भ्रष्टाचारका घटना वृद्धि भएको उहाँको भनाइ थियो । नेता बस्नेतले वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा आन्तरिक कलहमा नफसी एकतावद्ध भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

चुनावको बेलामा देशलाई आर्थिक समृद्ध दिने घोषणा गरेको कम्युनिष्ट सरकारले अहिले जनतालाई करको भार थोपार्नु बाहेक अन्य कुनै महत्वपुर्ण काम गर्न नसकेको आरोप लगाउनुभयो ।

जहिलेदेखि कांग्रेस कमजोर भयो त्यहीँदेखि लोकतन्त्र कमजोर भएको बताउँदै पार्टीलाई बलियो बनाउन विधान सम्मत जानुपर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेलले जागरण अभियानले पार्टीलाई एक ढिक्का पार्न र जनसमुदायमा घुलमिल हुन बल पुगेको बताउनुभयो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय प्रतिनिधि कन्चनचन्द्र बादे, लोकेश ढकाल, होमराज दाहाल, समिता खड्गी, नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा, तरुण दलका पूर्व अध्यक्ष बिनोद कायस्थ, जिल्ला सचिव निशान ढुंगेल, कोषाध्यक्ष बिजेश अवाल, क्षेत्र नम्बर १ का सभापति जीवन खत्री, २ का सभापति नारायाणभक्त खायमली लगायतले कांग्रेस गुट उपगुट नभनी एकजुट भएर अघि बढे कसैले पराजित गर्न नसक्नेमा जोड दिनुभएको थियो ।

कांग्रेसले महँगी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार, हत्या, अलोकतान्त्रिक विधेयक, कम्युनिष्ट सरकारको कुशासन र स्थानीय सरकारले बढाएका अत्याधिक कर र शुल्कका विरुद्ध विरोध सभाको आयोजना गरेको जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आफन्त साथिभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष- स्वास्थ्यले साथ दिनेछ, व्यक्तिगत काम छिटो बन्नेछ । मिथुन- सन्तानले…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको मुरेस्थित पाँचकिलो नजिकै दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्रका डीएसपी कविराज…

दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको बस दुर्घटना भएको छ । बा४ख४४६८ नम्बरको बस आइतबार बिहान ८ः१५ सिन्धुपाल्चाेककाे मुरेस्थित पाँचकिलाे नजिकै…

मेष- नयाँ कामको सुरुवात हुनेछ, काममा रुचि बढ्नेछ । वृष- अनावस्यक विवाद पर्नेछ, यात्रामा कठीनाइ हुनेछ । मिथुन- नयाँ कामको…