‘सत्ता कब्जा गर्न चिनियाँ कम्युनिष्ट पार्टीसँग नेकपाको प्रशिक्षण’

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता एनपी साउदले चिनियाँ कम्युनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले सत्ता कब्जा गर्ने प्रशिक्षण लिएको दाबी गर्दै गम्भीर आपत्ति जनाउनु भएको छ ।

काँग्रेस नेता साउदले नेपालको स्वतन्त्रता, राष्ट्रिय एकतामाथि आँच आउने गरी दुई कम्युनिष्ट पार्टीबीच समझदारी गरिएको भन्दै तत्काल सच्चिन सत्तारुढ नेकपासँग माग गर्नुभयो । नेपालको संविधान, कानुन विपरितको मान्यता बोकेको चिनियाँ कम्युनिष्ट पार्टीसँग सत्तारुढ नेकपाले समझदारी गरेकोमा आफ्नो पार्टीको गम्भीर असहमति रहेको नेता साउदको भनाई छ ।

‘चिनियाँ कम्युनिष्ट पार्टीसँग प्रशिक्षण लिएर सत्तारुढ नेकपाले सत्ता कब्जाको अभ्यास गरेको विषयलाई हामीले गम्भिर आलोचनाको विषयको रुपमा लिएका छौं,’ बुधबार आयोजित कार्यक्रममा उहाँले भन्नुभयो ‘त्यसकारण सत्तारुढ नेकपा सच्चिनु पर्छ र दुई पार्टीबीच गरिएको सहमतिको सार्वजनिक रुपमा माफी माग्नुपर्छ ।’ नेता साउदले दुई पार्टीबीचको सम्बन्धले राष्ट्रलाई नोक्सान पुर्याउन नहुने बताउनु भयो ।

सत्तारुढ नेकपाका नेता देवेन्द्र पौडेलले भने चिनियाँ नेताहरुले ‘सी विचारधारा’ मान्न आफूहरुलाई कुनै दवाव नदिएको स्पष्टिकरण दिनुभएको छ । उहाँले बरु नेपालका कम्युनिष्ट पार्टीले बेलायत, अमेरिका मोडलको लोकतन्त्रको अभ्यास गरिरहेकोतर्फ कांग्रेस नेताहरुको ध्यानाकर्षण गराउनु भयो ।

नेता पौडेलले लोकतन्त्रको हमायती पार्टीलाई चिनियाँ कम्युनिष्ट पार्टीको प्रभावमा परेको भनेर कुनै पनि राजनीतिक दलले भन्न नमिल्ने तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…

रुपन्देही । रोहिणी गाउँपालिकामा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा विषालु च्याउ…

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…