अर्घाखाँचीमा निःशुल्क वृहत् स्वास्थ्य शिविर हुने

काठमाडौं । लायन्स क्लब लर्ड बुद्ध काठमाडौं, नेपाल रेडक्रस सोसाइटी र जनता टेलिभिजनको सहकार्यमा वृहत् निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । विश्व मुटु दिवसको अवसर पारेर असोज ११ र १२ गते अर्घाखाँचीको बलेवाङस्थित कुमालको बाहुल्यता रहेको बलेवाङ आधार भूत विद्यालयमा दुई दिने स्वास्थ्य शिविर गर्न लागिएको हो ।

स्वास्थ्य शिविरमा मुटु सम्बन्धी रोगको साथै इको, इ सी जी, अर्थो, जनरल फिजिसियन, इन्डोस्कोपीसहित पाठेघर र अन्य विभिन्न रोगको निःशुल्क उपचार गरिने आयोजकले जनाएका छन् ।  स्वास्थ्य शिविर बिहान ७ देखि बेलुका ७ बजेसम्म संचालन हुने आयोजकले जानकारी दिएका छन् ।

स्वास्थ्य शिविरमा सम्बन्धित रोग बिशेषज्ञ ३२ जना चिकित्सक, नर्स र प्राविधिकसहितको स्वास्थ्यकर्मी टोलीले बिरामीको उपचार गर्ने लायन्स क्लब लर्ड बुद्धका पूर्व अध्यक्ष एवं लायन्स क्लव इन्टरनेशनल डिष्टिक ३२५ वि वान नेपाल जोन चियर पर्सन एवं शिविर संयोजक लायन विष्णु भण्डारीले जानकारी गराउनुभयो ।

शिविरमा १५ सय देखि २ हजार जनाले सेवा लिन सक्ने र तीन महिनालाई पुग्ने औषधि समेत निः शुल्क रुपमा वितरण हुनेछ । आयोजकले शिविर सहभागी हुन जिल्लाका विभिन्न ठाउँका बिरामीलाई आव्हान गरेका छन् । स्वास्थ्य शिविर कृषिमन्त्री चक्रपाणी खनाल र पूर्व मन्त्री टोपबहादुर रायमाझीले उद्घाटन गर्नुहुने आयोजकले जनाएका छन् ।

जनता टेलिभिजन र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा यसअघि गुल्मीको तम्घास, दोलखा र उदयपुर लगायत विभिन्न जिल्लामा शिविर भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…