दशैं टिकट नखुल्दै सकियो ! व्यवसायीको बदमासी (भिडियोसहित)

काठमाडौं । नेपालीको महान चाड वडा दशैं नजिकिएपछि दशैं मनाउन सबै क्षेत्रमा व्यवस्थापन गर्न थालिएको छ । काठमाडौं उपत्यकाबाट बाहिर घर भएका विद्यार्थी, कर्मचारी, व्यापारी , मजदुर र अन्य पेशामा आवद्धहरु घर जाने तयारीमा लागेका छन् ।

बडा दशैंको महासप्तमीदेखि सार्वजनिक बिदा शुरु भएपछि उपत्यकाबाट बाहिरिनेको लर्को हुन्छ । घर जानका लागि सार्वजनिक यातायातको टिकट अग्रिम बुकिङ गर्न बसपार्क तथा बिसौनीहरुमा घुइँचो लाग्न थालेको छ । गोंगबु बस पार्क व्यवस्थापन लोत्से बहुउद्देशीय सहकारी संस्थाले असोज ५ गते शनिबारदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट अग्रिम बुकिङ खुला हुनासाथ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ ।

नेपाल यातायात व्यवसायी संघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य दशैं टिकट बुकिङ पारदर्शी र निष्पक्ष हुने बताउनुहुन्छ । ‘टिकट बुकिङ अत्यन्त पारदर्शी छ’ उहाँ भन्नुहुन्छ, ‘जो पहिले आउँछन् उसैलाई टिकट दिइनेछ । तोकिएको भन्दा बढी पैसा लिन नपाउने गरिएको छ । सोर्सफोर्सका आधारमा टिकट नदिने व्यवस्था मिलाइएको छ ।’ दशैंको यात्रालाई सुरक्षित बनाउन गोंगबु बसपार्कभित्र सवारी साधनको यान्त्रिक परीक्षण शुरु गरिएको छ । त्यसैगरी सुरक्षित यात्रा सम्बन्धि जनचेतामूलक अडियो सन्देश पनि जारी गरियो ।

काठमाडौं जिल्ला प्रशासनले अग्रिम टिकट बुकिङमा धाधली, कालोबजारी वा ठगी गरे तुरुन्त कारवाही गरिने जनाएको छ । स्वयम् प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल तोकिएको बढी भाडा लिनेलाई कारबाही हुने बताउनुहुन्छ । ‘तोकिएको दर रेटभन्दा बढी भाडा लिएको वा टिकटको कालोबजारी गरिएको उजुरी परे तत्कालै कारबाही हुन्छ’ उहाँको चेतावनी छ ।  तर प्रमुख जिल्ला अधिकारकिो चेतावनी पनि काम लागेन । असोज ५ गते अग्रिम टिकट बुकिङ खुला गरिएको गोंगबु बसपार्कमा असोज ६ गते आइतबार टिकट लिन जानेहरुलाई टिकट बुकिङ हाउसफुल भनेर फर्काइएको छ ।

दशैंको यात्रु बसको टिकट नपाएर गोंगबु बसपार्कबाट निरास भएर फर्किएका छन् । ५ गते शनिबार खुलेको टिकट ६ गते आइतबार दिउँसोसम्ममा कसरी हाउसफुल हुनसक्छ ? १२ घण्टामा सम्पूर्ण अग्रिम टिकट बुकिङ हुनु सम्भव छैन । गोंगबु बसपार्कमा टिकट बुकिङमा गोलमाल शुरु भएको टिकट लिनजानेहरुको गुनासो छ ।

सरकारद्वारा टिकट बुकिङमा कालोबजारी र धाँधली हुन नपाओस् भनेर प्रहरी परिचालन गरिएको छ । तर गोंगबु बसपार्कभित्र धाँधली र कालोबजारी रोकिएको छैन । टिकट बुकिङ खुला गरिएको १२ घण्टा नबित्दै टिकट बिक्री भइसक्यो भन्नु धाँधली र ठगीको संकेत हो भन्छन् । नियमानुसार भाडा दर अनिवार्य रुपमा टाँस गर्नु पर्ने हो तर गोंगबु बसपार्कमा अझै भाडा दर उल्लिखित सूचना टाँस गरिएको छैन ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…