जागरण अभियान समीक्षा गर्न कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले दोस्रो चरणको जागरण अभियानबारे समीक्षा गर्ने भएको छ । त्यसको लागि आज केन्द्रीय कार्यसमिति बैठक बस्दैछ ।

पार्टी मुख्यालय सानेपामा दिउँसो ३ बजे हुने बैठकमा जागरण अभियानकाे समीक्षाका  साथै विजयकुमार गच्छदारको तत्कालीन लोकतान्त्रिक फोरमसँगको पार्टी समायोजन पछिको जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफल हुने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले जानकारी दिनुभएको छ ।

कांग्रेसले पार्टी सुदृढीकरणको लागि भदौ २४ देखि असोज ५ सम्म मुलुकभर दोस्रो चरणको जागरण अभियान संचालन गरेको थियो । बाँकेको जागरण कार्यक्रममा सत्तारुढ दल नेकपाका कार्यकर्ताले आक्रमण गरेका थिए । त्यस्तै सप्तरीको जागरणमा भने जिल्ला सभापति र सांसदबीच हात हालहाल भएको थियो । कांग्रेसले यी घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ ।

केन्द्रीय समिति बैठक अघि आजै पार्टी उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा गठित समायोजन समितिको बैठक समेत बस्दैछ । समायोजन समितिको बैठक विहान ११ बजेका लागि बोलाइएको छ ।

बैठकबाट आएका सुझाव र तयार प्रतिवेदनको आधारमा केन्द्रीय समितिले थप सदस्य मनोनित गर्नसक्ने नेता के.सीले बताउनुभयो । तत्कालीन लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारलाई यसअघि नै पार्टी सभापति शेरबहादुर देउवाले उपसभापतिमा मनोनित गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । केही दिनयता मुलुकको विभिन्न ठाउँमा गएको पहिरोमा जीवन गुमाउनेको संख्या ५५ पुगेको छ । पहिरोमा अझै ५३ जना…

रुपन्देही । रोहिणी गाउँपालिकामा जंगली च्याउ खाँदा ४ जना बिरामी भएका छन् । गाउँपालिकाको वडा नम्बर १ मा विषालु च्याउ…

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलकामे भाउ  प्रतिलिटर एक रुपैयाँले…

काठमाडौं । व्यवसायीले बन्दाबन्दी (लकडाउन) अवधिको बैंकको ब्याज शतप्रतिशत छुट दिन माग गरेका छन् । नेपाल राष्ट्रिय व्यवसायी महासंघले (लकडाउन)…

चितवन । बाढीले डाइभर्सन बगाउँदा पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका वडा ९ थुम्सीस्थित खहरे खोलामा…

मेष – सरसामान हराउन सक्नेछ । अनावश्यक आर्थिक चिन्ता बढ्नेछ । घरायसी खर्चमा वृद्धि हुनेछ । यात्रामा झमेला पर्नेछ ।…