जबसम्म व्यक्तिले विषय राम्ररी बुझ्न सक्दैन, अर्थात समस्याको परख गर्ने, त्यसलाई केलाउने अनि समाधानको उचित बाटो पहिल्याएर समाधान दिन सक्ने हुँदैन तबसम्म त्यसको कुनै अर्थ हुँदैन । समस्या आउने बित्तिकै आत्तिने, के -के न भयो भनि तर्सिने, ‘फेस’ गर्न डराउने अनि कुनामा बसेर समाधान खोज्ने अथवा समस्यासँग डराएर भाग्ने भगुवा कहिल्यै पनि समाजको असल अगुवा बन्न सक्दैन ।
विपदी धैर्य यथाभ्यूदये क्षमासादसि वाकपटुता युधि विक्रम ।यशसी चाभि रूचिव्यसनं श्रुतौंप्रकृती सिद्ध मेंहि महात्मनाम: ।।
आपद परेका बेला धैर्य गर्न सक्ने, उन्नती भएका बेलामा क्षमाशील हुन सक्ने, सामुहिक कार्यमा सुन्दर (कुशल) बोली र व्यवहार गर्ने, युद्धकालमा शौर्य र पराक्रम प्रदर्शन गर्न सक्ने, असल गुण र सही विचारको प्रचार - प्रसार गर्न रूचाउने तथा सत्कर्मबाट नाम तथा यश कमाउन अभिरुची राख्ने अनि वेद आदी धार्मिक, वैचारिक र सांस्कृतिक शास्त्रहरूको अध्ययनमा रूचि र जागरुकता नै असल व्यक्ति र महापुरूषको प्रकृतिसिद्ध स्वभाव हो ।
अर्थात कस्तो मान्छे असल हुन्छ ? कस्तो मान्छे कुशल हुन्छ ? कस्तो मान्छे लोकप्रिय हुन्छ ? कस्तो मान्छे सर्वस्वीकार्य हुन्छ र कस्तो मान्छे महापुरूष हुन्छ । कसरी मान्छेको सर्वर्स्वीकार्य व्यक्तीत्व बन्छ ? यस्ता विषयमा वैदिक कालमा समेत चर्चा हुने गर्थ्यो ? यस्तै चर्चा र विश्लेषण माथिकाे श्लोकले गरेको छ । एउटा मान्छे आफैं असल र ठुलो हुँदैन । उसै उ मानिस पनि बन्दैन । उसमा केही अनिवार्य गुण र विशेषता निहीत हुन्छन । तिनै गुण र विशेषताले मान्छेलाई असल र पुज्य बनाउँछ ।
त्यसो भए कसरी बन्छ त असल मान्छे ? असल मान्छे बन्नको लागि सर्वप्रथम उसमा आफैंमा असल मान्छे बन्ने अठोट आवश्यक हुन्छ । व्यक्ति आफैंमा ईच्छाशक्ती भएपछि सामर्थ्य प्राप्त हुन्छ । उसमा निहित सामर्थ्यले उसलाई खोज्न सिकाउँछ । जति खोज्न थाल्छ, त्यति पाउँदै जान्छ । यसरी उसमा विषयलाई बुझ्न सक्ने सामर्थ्य विकास हुन्छ । जबसम्म व्यक्तिले विषय राम्ररी बुझ्न सक्दैन, अर्थात समस्याको परख गर्ने, त्यसलाई केलाउने अनि समाधानको उचित बाटो पहिल्याएर समाधान दिन सक्ने हुँदैन तबसम्म त्यसको कुनै अर्थ हुँदैन । समस्या आउने बित्तिकै आत्तीने, के -के न भयो भनि तर्सिने, ‘फेस’ गर्न डराउने अनि कुनामा बसेर समाधान खोज्ने अथवा समस्यासँग डराएर भाग्ने भगुवा कहिल्यै पनि समाजको असल अगुवा बन्न सक्दैन । समाजको असल अगुवा बन्नको लागि धैर्यताका साथ समस्या सुन्न सक्ने क्षमता, शालिनतापूर्वक जवाफ दिनसक्ने विवेक र जस्तो सुकै परिस्थितिमा पनि आफूलाई सहज बनाउन सक्ने गुणको आवश्यकता पर्दछ ।
शान्तिपूर्ण संघर्ष चलिरहेको बेलामा आम कार्यकर्ताबिच पुग्न सक्ने, उनिहरूको आशय र भावनाको प्रतिनिधित्व गर्न सक्ने, अनि हरेक अवस्थामा विश्वासपूर्वक शसक्त नेतृत्व दिन सक्ने गुण र क्षमता असल व्यक्तिमा हुन्छ । वर्तमान समयमा यस्तो क्षमताको व्यापक विकास आवश्यक छ । तर अहिले धेरै ठाउँमा आफ्नो स्वार्थ मात्र हेर्ने, स्वार्थका लागी संगठनलाई नै धरौटी राख्ने, निजी हितमा मात्र केन्द्रित भएर काम गर्ने, संगठनको नीति, विधि र व्यवस्था भत्काएर अघि बढ्न खोज्ने तरिका प्रोत्साहित भएको पाइन्छ ।
काम, क्रोध, लोभ र मोह मान्छेभित्र निहित नकारात्मक विशेषता हुन् । यि दुर्गुण युक्त विशेषताले मानिसलाई साँचो अर्थमा दानव बनाईरहेको हुन्छ । जहाँ काम र क्रोध हुन्छ त्यहाँ सहनशिलताको कुनै स्थान हुँदैन । त्यहाँ त केवल काटमार, हानाहान र यस्तै प्रकारका अरिंगाले प्रवृति मात्रै प्रभावी हुन्छन । यो प्रवृतिले मान्छेलाई आक्रामक र हिंस्रक बनाउँछ । हिंसाले समाजमा भाँडभैलो मच्चाउने काम मात्र गरेको हुन्छ । सुन्दर समाज बनाउन, असल मानिसको प्रर्वद्धन गर्न अनि समाजको असल प्रतिनिधी बन्न अति आवश्यक हुन्छ । अर्को ज्यादै महत्वपूर्ण गुण र विशेषता हो क्षमाशील हुनु । असल कामलाई प्रर्वद्धन गर्न र कसैले खराब गरिहाले पनि क्षमा गर्न सक्ने र उसलाई अपनाउन सक्ने क्षमता भएको मनुष्य नै असल मनुष्यको कोटीमा पर्दछ ।
मान्छेको बोली, वचन र व्यवहारले पनि उसको भविष्य निर्धारिण गरेको हुन्छ । कतिपय मान्छे जन्मिदै करेलाको रस पिएको जस्तो तीतो बोल्न माहिर हुन्छन् । कतिपय मानिस पेटमा हुँदा आमाले हलुवावेत मात्र खाएको जस्तो टर्रो स्वभावका हुन्छन ।
सामुन्य परेको मानिसको अनुहार अमिलो कागती निचोरेको जस्तो देखियो भने बोल्न पनि मन लाग्दैन । हो, त्यसैले मानिसले मिठो बोली, सुन्दर र मधुर वाणी खोज्छ । मधुर वाणिले मानिसलाई आकर्षित गर्छ । एकछिन भए पनि बसौं जस्ताे लाग्ने हुन्छ। अलिकती भएपनी सुख दु:ख साटासाट गरौं जस्तो लाग्छ । अझ समाजको अगुवा छ र सामाजिक अभियन्ता छ भने, झन आकर्षक र मायालु वाणी हुनु प्रभावकारी हुन्छ । ज्ञानेन्द्र शाहीको जस्तो जन्मिने बित्तीकै माताले मह ख्वाउनुको सट्टा चुक अमिलो खुवाएजस्तो केवल आक्रोस र भयानक रस मात्र निस्कने कर्कस् बोली, वचन अनि रौद्र रस मात्र प्रकट हुने व्यवहार विरोधमा कहिलेकाहीं काम लाग्ला तर सामाजिक जीवन त्याग्ने नै हुन्छ । मूलतः मानिसहरूले कुशल, मधुर बोली वचन र मायालु व्यवहार नै मन पराउने गर्दछन् ।
हाम्रो समाज वर्ग संघर्ष, वर्ग युद्द अनि जनयुद्ध जस्ता अनेकौं कालखण्ड पार गर्दै अघि बढिरहेको छ । वर्गीय समाजमा सामान्यतय: द्वन्द रही नै रहन्छ । जहाँ द्वन्द हिंस्रक र ध्वंसात्मक हुन्छ त्यसलाई हामी युद्द भन्छौं । जहाँ द्वन्द शान्तिपूर्ण वर्ग संघर्षको बाटोमा हुन्छ, त्यसलाई हामी आन्दोलन भन्छौं । जनताको लडाइँ या युद्ध हिंसात्मक हुँदा सम्पूर्ण शक्तिका साथ मैदान मार्ने, आमने-सामने भिडन्तमा पिठ नफर्काउने, समाज र संगठनलाई आवश्यक पर्दा शौर्यको प्रदर्शन गर्न सक्ने व्यक्ति साँचो अर्थमा लायक हुन्छ । यस्तै, शान्तिपूर्ण संघर्ष चलिरहेको बेलामा आम कार्यकर्ताबिच पुग्न सक्ने, उनिहरूको आशय र भावनाको प्रतिनिधित्व गर्न सक्ने, अनि हरेक अवस्थामा विश्वासपूर्वक शसक्त नेतृत्व दिन सक्ने गुण र क्षमता असल व्यक्तिमा हुन्छ । वर्तमान समयमा यस्तो क्षमताको व्यापक विकास आवश्यक छ । तर अहिले धेरै ठाउँमा आफ्नो स्वार्थ मात्र हेर्ने, स्वार्थका लागी संगठनलाई नै धरौटी राख्ने, निजी हितमा मात्र केन्द्रित भएर काम गर्ने, संगठनको नीति, विधि र व्यवस्था भत्काएर अघि बढ्न खोज्ने तरिका प्रोत्साहित भएको पाइन्छ । यस्तो प्रवृतिले समाजको परिवर्तन त सम्भव छैन-छैन अरू कसैलाई पनि सही ठाउँमा पुर्याउँदैन ।
अहिले देशमा समाज परिवर्तन गर्छु भन्ने केही नेता र तिनका आसेपासेको उदण्डता पनि निकै बढेको छ । उनीहरू सत्ता र शक्तिको मातमा छचण्डाएर तथानाम बोलिरहेका छन् र जथाभावी गरिरहेका छन् । उनीहरूको छुच्चो मुख र छचण्डाइको कारण नेकपाले आफ्नो आकार ग्रहण गर्न पाएको छैन । दुई पार्टी मिलाएर हिजोको 'लिगेसी' मेटाउँदै अघि बढ्नुपर्ने बेलामा, नयाँ ढंगले पार्टी पुनर्गठन गर्दै एउटा मेल र उल्लासको वातावरण बनाउनुपर्नेमा अन्धभक्तहरु छचण्डाउनाले एकता प्रकृया सकिन नपाउँदै पार्टीलाई अप्ठेरोमा पार्ने काम भएको छ । यो समाज परिवर्तन र देश हितमा पनि छैन । यो कुनै असल नियतले पनि भइरहेको छैन ।
केही अनुचरहरूको प्रचार र वाहवाहीको भरमा महान बन्ने सपना केही दिनको चटक मात्र हुन्छ । नयाँ विषयको अध्ययन, अनुसन्धान तथा आविष्कारका माध्यमबाट मान्छे अघि बढ्न सक्छ । गाउँ समाजमा सबैका रूचिका क्षेत्रमा असल कार्य या सत्कर्मबाट नाम र यश कमाउने रूचि अनुसार सफल भएर काम गर्न सक्छ मानिस ।
असल गुणहरूको विकास कसरी गर्ने ? कहाँबाट आउँछ असल गुण ? कहाँबाट आउँछ सत् विचार ? कसरी प्राप्त हुन्छ सत्वुद्धी ? कसरी बन्छ एउटा मान्छे ज्ञानी र विवेकी ? ज्ञान र विवेकको प्राप्ती कसरी हुन्छ ? अनि असल विचारको श्रोत के हो ? असल सिद्दान्तको विकास कसरी हुन्छ ? यस्ता प्रसंगमा छलफल चलाएर हेरौं न ? हामी छलफल गरौन, सुन्दर ज्ञान र विवेक कता - कता फल्छ ? हामी बहस चलाऔं न, असल गुण र चरित्र कताबाट झर्छ ? हामी खोजी गरौन, आकर्षक विचार र असल सिद्दान्त कुन हो ?
त्यसैले सही र असल ज्ञान र विचारको प्रसार गरौं । जनमूखी सिद्दान्तको अनुसन्धान र विकास गरौं । खोजीबाट पाइन्छन्, यि सबै कुरा । अध्ययन र चिन्तनमै छ सबै ज्ञान र विवेक । चाहनु मात्र पर्छ, 'जहाँ चाह त्यहि राह ।'
हामीलाई ख्याति कमाउने रहर छ । हामीलाई ठूलो मान्छे बन्ने धोको छ । अनि हामीलाई हतारो छ, आफैं महान बन्ने । त्यसको लागि कर्तव्य त गर्नु पर्यो नि । सत्कर्म गर्नुपर्यो । परोपकार गर्नु पर्यो । कीर्ति राख्रे काम गर्नु पर्यो । त्यसै त हुँदैन । केही अनुचरहरूको प्रचार र वाहवाहीको भरमा महान बन्ने सपना केही दिनको चटक मात्र हुन्छ । नयाँ विषयको अध्ययन, अनुसन्धान तथा आविष्कारका माध्यमबाट मान्छे अघि बढ्न सक्छ । गाउँ समाजमा सबैका रूचिका क्षेत्रमा असल कार्य या सत्कर्मबाट नाम र यश कमाउने रूचि अनुसार सफल भएर काम गर्न सक्छ मानिस ।
वेद, पुराण आदी धार्मिक तथा सांस्कृतिक विचार सिद्दान्तको गहन अध्ययन र चिन्तन गरि शास्त्रार्थका माध्यमबाट अघि बढ्न सकिन्छ । मार्क्सवाद, लेनिनवाद अनि समाजवादको बारेमा अध्ययन चिन्तन तर्क तथा विमर्शमा सहभागी भएर सुन्दर प्रस्तुतिका आधारमा ख्याति कमाउन सकिन्छ । यी र यस्तै सवालमा लेख रचना प्रकाशन गरेर, पुस्तक, काव्य, तथा महाकाव्य लेखेर अघि बढ्न सकिन्छ । कलाकार, गीतकार तथा नाट्यकार बन्न सकिन्छ । नृत्यकला , हास्यकलादेखि कलाका अनेकौं क्षेत्रमा ख्याति कमाउन सकिन्छ ।
त्यतिमात्र होइन, आफ्नो वाणीलाई प्रभावकारी र आकर्षक बनाएर पनि दुनियाँलाई तान्न सकिन्छ । दीनदु:खी नागरिक जनको हित र सेवामार्फत पनि संसारको ध्यान तान्न सकिन्छ । निरन्तरको शास्त्रीय चिन्तन र अध्ययनबाट प्राप्त ज्ञानले व्यक्तित्व निर्माण गरी आफूलाई अब्बल अध्येताको रूपमा स्थापित गर्न सकिन्छ । असल काम हजार छन् । केवल गर्न मात्र सक्नु पर्दछ । असल मानिस या महापुरुषलाई प्रकृतिले नै विशेष गुण दिएको हुन्छ । कसैले आरिस गरेर हुँदैन । प्रयास गरौं । आरिस नगरौं ।
-लेखक पूर्वमन्त्री हुनुहुन्छ ।