६७ विधाका सर्जकलाई सगरमाथा म्युजिक अवार्ड

काठमाडौं । विभिन्न ६७ विधाका सर्जकलाई सगरमाथा म्युजिक अवार्ड प्रदान गरिएको छ । सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करणमा बिहीबार राष्ट्रिय नाचघरमा सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करण सम्पन्न गरिएको छ ।

सगरमाथा म्युजिक अवार्ड दोस्रो संस्करणमा पूर्व अर्थमन्त्री तथा वरिष्ठ गीतकार एसपी कोइरालाले वरिष्ठ गायक जगतमर्दन थापालाई लाइफटाइम एचिभमेन्ट अवार्ड, अढाई दशकभन्दा लामो समय पत्रकारितामा योगदान पु¥याएको भन्दै शान्तिप्रियलाई रजत पत्रकारिता सम्मान प्रदान गर्नुभयो भने पत्रकारहरू तुलसी गिरी ‘भावुक’, राज श्रेष्ठ, विजय आवाज र कुबेर डंगोललाई पत्रकारिता सम्मान तथा मनिष दाहाललाई पत्रकारिता पुरस्कार प्रदान गर्नुभयो ।

समारोहमा आफ्नो शुभकामना मन्तव्य राख्दै आयोजक संस्थाका अध्यक्ष मनोज थापाले गीत सङगीत क्षेत्रमा लाग्नु भएका स्रष्टाहरुको योगदानको सम्मानका लागि अवार्ड आयोजना गरिँदै आएको बताए ।

सगरमाथा म्युजिक अवार्डको दोस्रो संस्करणमा जननी जन्म भुमि गीतका लागि सर्वोत्कृष्ट राष्ट्रिय भाव अवार्ड रमेश दाहाल, मेरो देश नेपालका लागि सर्वोत्कृष्ट राष्ट्रिय भाव (जुरी) सुमन राई, बनकी चरी (प्रसाद)का लागि सर्वोत्कृष्ट चलचित्र गीतकार अवार्ड वि पाण्डे, सर्वोत्कृष्ट चलचित्र सङगीतकार सुवास भुसालको लै लै (प्रसाद) लाई प्रदान गरियो भने सर्वोत्कृष्ट चलचित्र गायकको अवार्ड डेविट शंकरको पहिलो नम्बरमा (छक्का पञ्जा ३) प्रदान गरियो ।

कार्यक्रममा विभिन्न ६७ विधाका सर्जकलाई सगरमाथा म्युजिक अवार्डका विभिन्न सम्मानहरु प्रदान गरिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । पाकिस्तानमा डाक्टर र वकिलबिच झडप हुँदा १५ जनाको मृत्यु भएको छ । बुधबार पाकिस्तानको लाहोरस्थित पञ्जाब इन्सटिच्युट अफ…

काठमाडौं । बुधबार साँझदेखि पश्चिमी भू–भागबाट न्यून चापीय प्रणाली नेपालमा प्रवेश गरेका मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रणालीका कारण…

एकमहिने सुत्केरी ललिताका पति गोपीकुमारले रकम जोहो गर्न आफ्नो गाउँ र सदरमुकाममा भिख माग्न थालेका छन् ।

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…