नेपाल क्रिकेट संघको चुनावी साधारणसभा

काठमाडौं । नेपाली क्रिकेटको सर्वोच्च निकाय नेपाल क्रिकेट संघ (क्यान) को चुनावी साधारणसभा काठमाण्डौमा शुरु भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) बाट तीन वर्षदेखी निलम्बनमा परेको नेपाल क्रिकेट संघ आईसीसीको रोहबरमा शुरु भएको यो साधारण सभाले नयाँ नेतृत्व पनि चुन्नेछ । नेतृत्वको लागि शनिबार निर्वाचन हुँदै छ । शुक्रबार साधारण सभा र शनिबार हुने निर्वाचनले क्यानलाई नयाँ नेतृत्व दिनेछ । १७ सदस्यीय नयाँ नेतृत्वका लागि ५९ जनाले मतदान गर्नेछन् । जसमा ३९ जिल्लाका प्रतिनिधि र प्रदेशका २० जना मतदाताले चुनावमा सहभागिता जनाउने छन् ।

नयाँ नेतृत्वका लागि दुई पूर्वअध्यक्ष विनयराज पाण्डे र चतुरबहादुर चन्द चुनावी मैदानमा उठ्ने पक्का भएको छ । पाण्डे र चन्द दुवै पक्षको चुनावी एजेण्डा क्यानमाथिको निलम्बन फुकुवामा नै केन्द्रित छ । यसअघि सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले क्यानलाई निलम्बन गरेको थियो । तर नेपाली खेलाडी आइसीसीकै अधिनमा रहेर प्रतियोगितामा सहभागिता जनाउँदै आइरहेका छन् । यस अघि निर्वाचित क्यान, राष्ट्रिय खेलकुद परिषद तथा अन्य सबै सरोकारवालाको सहमतिमा आइसीसीद्वारा गठित स्वतन्त्र समूहले असोज ३ र ४ गतेका लागि आह्वान गरेको साधारणसभा राखेपको असहमतिका कारण १० र ११ गतेका लागि सारिएको थियो ।

यस्तै असोज २६ मा आईसीसीको बोर्ड बैठक बस्दैछ । बैठकमा नेपालमाथि लगाइएको निलम्बन फुकुवा हुने अपेक्षा गरिएको जनाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

तिमी जुन बाटो हिँडिरहेका छौ– त्यो बाटो बनाउने परिश्रमी हातहरू कस्का थिए ? तिमी साँझ बिहान जुन अन्नले पेट भर्छौ–…

चिनियाँ पक्षले राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण रणनीतिक साझेदारीमा उक्लिन सफल रहेको निष्कर्ष निकालेको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–स्वास्थ्यमा समस्या आउनेछ । काम बिगार्नेहरु अघि सर्नेछन् । वृष– नयाँ ठाउँको भ्रमण हुनेछ । प्रेममा प्रगति देखिन्छ । मिथुन–…

लु १ ख ९२०२ नंम्बरको ट्रक रिब्दीकोट गाउँपालिका २ भर्लेखोलामा दुर्घटनामा भएको हो ।

ढल्केबरमा एक शिक्षकले २ छात्रालाई बलात्कार गरेको रहस्य खुलेको छ ।