स्पेनको म्याड्रिडमा नेपाली उत्पादन

स्पेन । स्पेनको म्याड्रिडमा आयोजित अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाली उद्योग व्यवसायी पनि सहभागी भएका छन् । शुक्रबार स्पेनको राजधानी म्यार्डिडमा शुरु भएको एक्सपो टुराल २०१९ प्रदर्शनमा नेपाली उत्पादन सहितका ३५ व्यवसायी सहभागी भएका हुन् ।

प्रदर्शनमा नेपाल र स्पेनका भाषा धर्म, कला संस्कृति तथा उत्पादन झल्किने स्टल राखिएको छ । राजधानी म्याड्रिड अवस्थित मुख्य प्रदर्शनी भवन फेरिया डि म्याड्रिडमा भएको प्रर्दशनीमा नेपालको छुट्टै पभेलियन राखिएको छ । प्रदर्शनस्थल ७ हजार स्वायर मिटर क्षेत्रफलमा फैलिएको छ । प्रदर्शनमा नेपालको पर्यटकिय क्षेत्र, पर्वतारोहण सम्बन्धी जानकारीको साथै भ्रमण बर्ष २०२० का बारेमा जानकारी दिने छुट्टा छुटै स्टल राखिएको छ ।

त्यसैगरी हस्तकला, काष्ठनिर्मित सामान, पस्मिना, नेपाली कागजका सामान, चित्रकला, मूर्ति, ढाका, अल्लो, बेतबाट बनेका सामान, बाँसको जराबाट बनेका सामान लगायतका सामाग्री राखिएको छ । नेपाल अन्तराष्ट्रिय प्रदर्शनी संघका महासचिव शान्त कुमार श्रेष्ठले प्रर्दशनीमा सहभागी भएका नेपाली उत्पादनले नेपालको पर्यटन, कला, संस्कृति, परम्परा, कृषि तथा व्यापार व्यवसायलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन महत्वपूर्ण भूमिका निर्वाह बताउनुभयो ।

प्रदर्शनीमा साना तथा मझौला ब्याबसायी महासंघ र नेपाल अन्तर्राष्ट्रिय प्रदर्शनी संघले नेपालको तर्फबाट संयोजनकारी भुमिका निर्वाह गरेको छ । कार्यक्रममा फाउण्डेशन लुम्बिनी ग्राण्डका जोसेफ म्यानुअल भिलानोभाले नेपाल र स्पेनबीचको व्यवसायीक सम्बन्ध विस्तार गर्नुका साथै नेपालको पर्यटन प्रवद्र्धनको साथै शान्ति स्थापनाका लागि फलदायी हुने बताउनुभयो ।

फाउण्डेशनले म्याड्रिडमा बुद्धको ५ हजार स्वायर फिटको मूर्ति बनाउदै छ । मिनी लुम्बिनीको अवधारणा अनुसार मिनी लुम्बिनीको करिब १ हेक्टर क्षेत्रफलमा मूर्ति बनाउन लागिएको छ । नेपालको लुम्बिनी सांस्कृतिक उपमहानगरपालिका र म्याड्रिड महानगरबीच म्याड्रिडमा मिनी लुम्बिनी बनाउने सम्झौता भइसकेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- आफन्त साथिभाइ भेटघाट हुनेछ, रमाइलोमा दिन बित्नेछ । वृष- स्वास्थ्यले साथ दिनेछ, व्यक्तिगत काम छिटो बन्नेछ । मिथुन- सन्तानले…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

दुर्घटनामा १८ जना घाइते भएका इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले जानकारी दिनुभयो ।

बा४ख ४४६८ नम्बरको बस आइतबार बिहान सिन्धुपाल्चोकको मुरेस्थित पाँचकिलो नजिकै दुर्घटना हुँदा १३ जनाको घटनास्थलमै मृत्यु भएको सशस्त्रका डीएसपी कविराज…

दोलखाको कालिन्चोकबाट भक्तपुरतर्फ फर्कर्दै गरेको बस दुर्घटना भएको छ । बा४ख४४६८ नम्बरको बस आइतबार बिहान ८ः१५ सिन्धुपाल्चाेककाे मुरेस्थित पाँचकिलाे नजिकै…