गच्छदारले पाए ११ केन्द्रीय सदस्य

काठमाडौं । नेपाली कांग्रेसले तत्कालीन नेपाल लोकतान्त्रिक फोरम संगको एकतालाई पुर्णता दिएको छ । पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले तयार पारेको समायोजन सम्बन्धि प्रस्तावलाई शुक्रबर बसेको वैठकले अनुमोदन गरेपछि फोरम सँगको एकता टुंगिएको हो ।

समायोजन सम्बन्धी निर्णयअनुसार विजयकुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरमले ११ जना केन्द्रीय सदस्य पाउने भएको छ । यससँगै कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको गठन गर्दा समायोजन प्रस्तावलाई समेत ध्यान दिएर सहमति गरिने निर्णय गरिएको छ ।

प्रस्ताव अनुमोदन अघि नै गच्छदार समूहलाई २०० जना महासमिति सदस्य र १४८ जना पर्यवेक्षक छुट्याइएको थियो । कांग्रेसले अब २५२ महाधिवेशन प्रतिनिधि गच्छदार समूहलाई दिने भएको छ ।

गच्छदार समूहले १३ जिल्लामा उपसभापति पाउने कांग्रेसद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । जस अनुसार मोरङ्ग उपसभापतिमा १, सहसचिव १ र सदस्य १५ जना, सुनसरी जिल्लामा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना, कैलालीमा उपसभापति १, सहसचिव १ र सदस्य ११ जना बर्दियामा उपसभापति १, सहसचिव १ र सदस्य ५ जना,सप्तरीमा उपसभापति १, सह–सचिव १ र सदस्य ५ जना,सर्लाही, दाङ्ग, पर्सा र काभ्रेमा उपसभापति १ /१ र सदस्य ७ / ७ जना, झापा र रुपन्देहीमा उपसभापति १ /१ र सदस्य ५ /५ जना, बारा र बाँकेमा उप–सभापति १ र १ र सदस्य ३ /३ जना, ओखलढुंगा, सिरहा, धनुषा, रौतहट, चितवन, कपिलवस्तु र कञ्चनपुरमा सहसचिव १ /१ र सदस्य ३ /३ जना, उदयपुर र महोत्तरीमा सह–सचिव १ /१ र सदस्य २ /२ जना पाउने टुंगो लागेको छ ।

काठमाडौं र पश्चिम नवलपरासीको हकमा भने पछि निर्णय गरिने कांग्रेसले जनाएको छ । लोकतान्त्रिकका क्रियाशील सदस्यको हकमा भने अद्यावधि गरेर मात्रै अन्तिम निर्णय गरिने जनाइएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…