काठमाडौं । आइतबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले विभिन्न फरक फरक विषयका समाचारलाई प्राथमिकता दिएर समाचार प्रकाशन गरेका छन् ।
शनिबार जनता समाचार डटकम मा भरतमोहन अधिकारीको स्मृतिमा फाउण्डेशन, ज्ञानेन्द्र शाहीमाथि सांघातिक हमला,‘मिडिया काउन्सिल विधेयक परिमार्जन हुन्छ’,हिन्दू राष्ट्रका लागि धार्मिक यात्रा, ७.५ रेक्टरको भीषण भूकम्पको एक वर्ष, बसपार्कमा शव फेला, तपाईंको पसलमा आउँदै छ महानगर, ‘वीरेन्द्रले आँखा रातो पार्दै भने– मलाई जापानको राजा जस्तै बनाउन खोजेको ?’ र ‘राजतन्त्र फर्किने सपना नदेखे हुन्छ’ लगायतका समाचार प्रकाशन गरिए ।
नागरिक दैनिकमा सुदूरपश्चिम प्रदेशको राजधानीबारे निर्णय भएको तर निर्माण कार्य अघि नबढेको विषयमा प्रथम पृष्ठमा समाचार छ । समाचारमा उल्लेख भए अनुसार सुदूरपश्चिम प्रदेशको नामाकरण गरिएको र राजधानी तोकिएको आइतबार १ वर्ष पुगेको छ । तर हालसम्म राजधानीको पूर्वाधारको काम सुरु नै भएको छैन ।
गत वर्ष विपक्षी दल नेपाली कांग्रेसले विरोध गर्दागर्दै सत्तापक्षको दुई तिहाइले तेघरी जंगलमा राजधानी बनाउने निर्णय गरेको थियो । संघीय सरकारले प्रदेश सरकारलाई तेघरी जैगलको जग्गाको भोगाधिकार हस्तान्तरण नगरेकाले काम सुरु हुन नसकेको समाचारमा उल्लेख गरिएको छ । नागरिकमा अपराधको बदलिँदो शैली देखिएको र प्रविधि नै त्यसको मुख्य हतियार भएको अर्को मुख्य प्रमुख समाचार पनि छापिउको छ ।
अन्नपूर्ण पोष्ट् दैनिकमा ‘८ खर्बको दशैं ’ शीर्षकमा मुख्य समाचार छ । समाचारमा लेखिए अनुसार गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो भने यसपटक झन्डै २४ खर्ब पुग्ने अनुमान रहेको छ । गत वर्षको खर्चको आधारमा हेर्ने हो भने यो दशैंमा ८ खर्ब रुपैयाँ सकिँदैछ । ४० प्रतिशत आफ्नै उत्पादनको प्रयोग हुने भएपनि ६० प्रतिशत नगद नै प्रयोग हुने हुँदा यो दशैंमा ५ खर्ब पैसा नगद प्रवाह हुने देखिएको छ । पत्रिकाले ‘जे छोयो त्यही मंहगो’ शीर्षकमा अर्काे प्रमुख समाचार समेत छापेको छ ।