आँधिखोलामा र्‍याफ्टिङ (फोटो फिचर)

हिमलाल पराजुली
स्याङ्जा । पर्यटन प्रर्वद्धनका लागि वालिङका युवाले आँधिखोलामा पत्रकारलाई र्‍याफ्टिङ गराएका छन् । सरकारले सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने तयारी गरिरहेका बेला युवाले पर्यटन प्रर्वद्धनका लागि भन्दै आँधिखोलामा र्‍याफ्टिङ गराएका हुन ।

‘वाण्डरफुल वालिङ संस्था’ मा आबद्ध युवाले संस्था मार्फत पर्यटन प्रर्वद्धनमा सक्रियता देखाएका हुन् । सरकारले पर्यटकिय क्षेत्रको प्रचार गरिरहेका बेला भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले आफूहरु यस कार्यमा लागेको युवाहरुको भनाई छ ।

श्रवण कुमार र उनका मातापितासँग जोडिएको धार्मिक तथा ऐतिहासिक महत्वको आँधिखोलामा शनिबार पत्रकार सहितको टोलीले करिब २५ किलोमिटरको र्‍याफ्टिङ यात्रा गरेको हो । धार्मिक तथा ऐतिहासिक महत्व रहेको आँधिखोलामा समेत र्‍याफ्टिङको संभावना रहेकाले प्रचार प्रसारका लागि र्‍याफ्टिङको आयोजना गरेको ‘वाण्डरफुल वालिङ संस्था’ का कार्यवाहक अध्यक्ष आशिषप्रताप खांँणले जानकारी दिए ।

वर्षाको मौसममा अन्य नदीमा पानीको बहाब बढ्ने हुनाले र्‍याफ्टिङ गर्न नपाइने तर आँधिखोलामा वर्षाको समयमा पानीको बहाबको मात्रा उपयुक्त हुने भएकोले ३ महिना साउन देखि असोज सम्म सुरक्षित किसिमले र्‍याफ्टिङको आनन्द लिन सकिने र्‍याफ्टिङ व्यवसायी तथा गाईडर सुभाष थापाले बताए । पर्यटकीय नगरी पोखरा घुम्न आउने पर्यटकले आँधिखोलामा र्‍याफ्टिङको आनन्द लिनसक्ने उहाँको भनाई छ ।

भीरकोट नगरपालिका १ हेलुदेखि वालिङ नगरपालिका १३ बायेटारीसम्म करिब २५ किलो मिटरको जलयात्रालाई व्यवस्थीत गर्न सके आँधिखोलामा र्‍याफ्टिङका माध्यामबाट रोजगारीका साथै आन्तरिक एवं बाह्य पर्यटनका बाट राम्रो आम्दानी लिन सकिने ‘वाण्डरफुल वालिङ’ का सचिव गणेश राउतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका वृद्धले कोरोनाको कारण जीवन गुमाएका हुन्…