बडादशैंको तेस्रो दिन, आज चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडाैं । नेपाली समाजमा मनाइने महान् पर्व बडा दशैंको तेस्रो दिन देवी दुर्गा भवानीको तेस्रो रुप माता चन्द्रघण्टाको पूजाआजा गरिंदै छ ।

देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमा कलाको प्रतीक हो । चन्द्रकलाका साथै प्रकृतिको सिर्जना शक्तिले जगतलाई सुन्दर, समृद्ध र ऐश्वर्यशाली बनाउन देवीको योगदान रहेको शास्त्रहरुमा उल्लेख छ ।

चन्द्रघण्टा देवीको कलाप्रभावले गर्दा जगत् सुन्दर सुरम्य र शान्त बन्ने हुंदा मत्र्यलोक लोभलाग्दो र सम्पूर्ण प्राणीका लागि जीवनयापन गर्न स्रोतसाधन सम्पन्न भएको छ । जगत वैभवशाली भएको छ । बालीनाली तथा फलफूलले संसार शष्यशाली र रसपूर्ण भइरहेको छ ।

चन्द्रघण्टादेवीको शिरमा अर्धचन्द्रको आभूषण हुने र यो मुकुट घण्ट जस्तो देखिने हुँदा यी देवीलाई माता चन्द्रघण्टा भनिएको हो । चन्द्रघण्टादेवीको वदन वर्ण गुलाबी रङको रहेको शास्त्रहरुमा उल्लेख छ । उनी बाघमाथि चढेकी छन् । उनी क्रोध तथा हिंसा जस्ता अमानवीय तथा आसुरी वृति नास गर्न र सज्जनको रक्षा गर्न यस लोकमा अवतरण गरेको श्रीमद्देवीभागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

माता चन्द्रघण्टा भवानीको पूजा आराधनाका लागि भक्तजन आज देवीमन्दिर चण्डीथान देउराली तथा घरघरमा देवीकोे आराधना गरी भक्तहरुले पूजन गरिरहेका छन् । गाउंघर तथा वस्तीहरुमा देवीको योगदान तथा शक्तिका बारेमा विभिन्न ग्रन्थ तथा स्तोत्र वाचन गरी देवी महिमाको गुणगान, कथावाचन तथा श्रवण गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । मुलुकको २८ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा शैलेश थापा क्षेत्री नियुक्ति हुनुभएको छ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी) …

काठमाडौं ।  काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा…

तनहुँ । व्यास नगरपालिकाले आफ्ना सटरमा राखिएका पसललाई २ महिनाको छुट गर्ने भएको छ । नगरपालिकाले व्यवसायीहरु कोरोना भाइरस संक्रमणको…

मेष– काममा प्रशंसा मिल्नेछ । राजनीतिक मोह जाग्नेछ , मानसिक तनाव आउनेछ । वृष– सामाजिक काममा व्यस्तता बढ्नेछ । धर्ममा…

कैलाली । सत्तारुढ दल नेपाल कम्युनिष्ट पाटी (नेकपा)मा शीर्ष नेताहरुबीच विवादको असर कैलालीमा परेको छ । शीर्ष नेताहरुकै सवाललाई लिएर…

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । कांग्रेसले १४ औं महाधिवेशन फागुन…