हचुवामै घोषणा ‘खुला दिसामुक्त राष्ट्र’

काठमाडौं । मंगलबार राजधानीबाट प्रकाशित पत्रिकाले विभिन्न फरक – फरक विषयका समाचार प्रकाशित गरेका छन् ।

सोमबार जनता समाचार डटकम मा हाइस्टेशन लाइनले बस्ती नै खतरामा, शारीरिक अशक्त मुखियाको दशैं कष्टकर बन्दै, नदीमा बस खस्यो, चालकसहित दुईको मृत्यु, ‘सार्वजनिक खरिद ऐन तत्काल संशोधन हुनुपर्छ’, राष्ट्रिय वाणिज्य बैंकमा शुभकामना आदानप्रदान, सरकारी खसीबोका बिक्रीवितरण शुरु र क्यानलाई राजनीतिक हस्तक्षेपमुक्त बनाइने लगायतका समाचार प्रकाशन गरिए ।

कान्तिपुर दैनिकमा ‘खुलामै शौच, हचुवामा घोषणा’ शीर्षकमा मुख्य समाचार छापिएको छ । सरकारले पूर्ण सरसफाइका सामान्य मापदण्ड नै पूरा नगरी मुलुकलाई दक्षिण एसियामै पहिलो ‘खुला दिसामुक्त राष्ट्र’ घोषणा गरेको छ । सरकारी तथ्यांकअनुसार मुलुकमा १ करोड ४८ लाख ५० हजारभन्दा बढी घरपरिवार रहेकामा करिब ५६ लाख ६० हजार मात्रै शौचालयको प्रयोग गर्दै आएका छन् । समाचारमा उल्लेख भए अनुसार सरकारले कागजमा खुला दिसामुक्त घोषणा गरेपनि सडक सडकमा मलमुत्र देखिने गरेको र महानगरकै खोला किनारमा खुला शौच गर्नेको ताँती लाग्ने गरेको छ ।

अन्नपूर्ण पोष्ट् दैनिकले ‘अति नियमनले तर्सियो निजी क्षेत्र’ शीर्षकमा प्रमुख समाचार बनाएको छ । समाचारमा लेखिए अनुसार सरकारले एक हजारमाथिको कारोबार र तलबमा प्यान अनिवार्य गराएको, भेहिकल कन्साइन्मेन्ट ट्रयाकिङ सिस्टम (भीसीटीइस) को व्यवस्था गरेको, कम्पनी रजिस्ट्रारको सम्पत्ति शुद्दीकरणसम्बन्धी नयाँ निर्देशिका ल्याएको र बैंकमा बुझाएको वित्तिय विवरण सोझै कर कार्यालयमा जाने व्यवस्था मिलाएको जस्ता गतिविधिबाट निजी क्षेत्र तर्सिएको छ ।

गोरखापत्र दैनिकले पनि नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको विषयमै प्रथम पृष्ठमा समाचार छापेको छ । प्रधानमन्त्री केपी ओलीले सोमबार नेपाललाई एक समारोहका बिच खुला दिसामुक्त राष्ट्र घोषणा गर्नुभएको हो । यस्तै, गोरखापत्रले प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता आफ्नो कार्यकालमै मासिक ५ हजार रुपैयाँ पुर्याउने प्रतिवद्धता व्यक्त गर्नुभएको प्रसंगलाई पनि पहिलो पृष्ठमै समेटेको छ ।

नेपालमा पहिलो पटक २०५१ सालमा मनमोहन अधिकारी नेतृत्व सरकारले मासिक १ सय रुपैयाँबाट शुरु गरिएको जेष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता अहिले ३ हजार रुपैयाँ पुगेको छ भने प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा सोमबार शुभकामना दिँदै जेष्ठ नागरिकको ज्ञान र अनुभवमा आधारित सीपलाई समेत नयाँ पुस्तामा हस्तान्तरण गर्ने वातावरण सिर्जना गरिने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोरोनालाई पराजित गरेर ६ वर्षीया बालिका घर फर्केकी छन् । श्वासनलीमा मासु पलाएका…

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका वृद्धले कोरोनाको कारण जीवन गुमाएका हुन्…