गाउँपालिकाको बडापत्र घरघरमा

सुनिल कार्की
पाल्पा । जिल्ल्लाको रिब्दीकोट गाउँपालिकाले प्रत्येक घरघरमा नागरिक बडापत्र वितरण कार्य शुरु गरेको छ ।

सिंहदरबारको अधिकार घरघरमा पुर्याउने उद्देश्य अनुरुप सोमबारबाट घरघरमा बडापत्र वितरण अभियान शुरु गरिएको हो ।

बडापत्रको गतिलो अध्ययनको कमीका कारण सेवा प्रभावमा आउने असहजतालाई घरमै पुगी प्रदान गरिएको नागरिक बडापत्र उपयोगी हुने अपेक्षा रिब्दीकोटबासीले लिएका छन् । सेवा प्रभावलाई सहज सरल बनाई झन्झटमुक्त बनाउन गाउँपालिकाले अभियानको रुपमा पालिकाको प्रत्येक वडाका घरघरमा बडापत्र वितरण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताउनुभयो । जनतामा सेवा सुविधा उपभोग गर्ने क्रममा होस् अथवा कुनै पनि प्रक्रिया पुरा गर्ने सन्दर्भमा आवश्यक प्रमाणको अपुग हुने समस्यालाई समधान गर्न बडापत्र वितरण कार्य प्रभावकारी हुने गाउँपालिका अध्यक्ष जिसीको दाबी छ ।

गाउँपालिका र प्रत्येक वडा कार्यालय अगाडि देखिने गरी नागरिक बडापत्र राखिएको भएपनि आवश्यक जानकारी लिन गाउँपालिका र वडा कार्यालय नै पुग्नुपर्ने बाध्यतालाई अन्त्य गरी सेवा प्रभावलाई चुस्त दुरुस्त राख्न घरघरमा बडापत्र सेवाग्राहीको लागि बरदान सावित हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषि अर्यालले बताउनुभयो । सोमबारदेखि रिब्दीकोट गाउँपालिका–५ कुसुमखोलाबाट शुरु भएको बडापत्र वितरण अभियान गाउँपालिकाको प्रत्येक वडाको घरघरमा पुगी हस्तान्तरण गरिने प्रमुख प्रशासकीय अधिकृत अर्यालले जानकारी दिनुभयो ।

गाउँपालिकाले प्रारम्भमा रिब्दीकोट–५ कुसुमखोलाका एक सय बढी घरधनीलाई नागरिक बडापत्र वितरण गरेको छ । रिब्दीकोट गाउँपालिकाले गुणस्तरीय आर्थिक, सामाजिक, भौतिक पुर्वाधार विकासको मध्यमबाट समृद्ध रिब्दीकोट बनाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…