गायक खरेलको दशैतिहार गीत ‘फूलको माला हरर’

काठमाडौं । नेपालीहरुको महान चाड दशैँ तिहारको पूर्वसन्ध्यामा आफन्त, साथीभाइ र परिवारसँगको भेटघाटलाई नाचगानका साथ रमाइलो बनाउनको लागि अस्ट्रेलिया निबासी गायक सञ्जीव खरेलले दशैँतिहार गीत ‘फूलको माला हरर’ लिएर स्रोता दर्शक माझ आएका छन्।

दोस्रो गीत ‘बादल’ आएको करिव ५ महिना पछि गायक खरेलको ‘फूलको माला हरर’ नेपाली सांगीतिक बजारमा आएको हो । ‘फूलको माला हरर’ मा डिपी खनालको शब्द र सञ्जीव खरेलको नै संगीत रहेको छ । गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका हुन् ।

गीतको भिडियोमा चर्चित नायक तथा मोडेल कोशिस क्षेत्री, रश्मी भट्ट, अञ्जु चौलागाई, लगायतको जीवन्त अभिनय रहेको छ भने भिडियोमा
सूर्य लामाको छायांकन र फराज अर्पनको भिडियो सम्पादन एवम् निर्देशनमा रहेको छ ।

भिडियोलाई सञ्जीव खरेलको अफिसिएल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। बिराटनगर स्थायी घर भई हाल अस्ट्रेलियाको सिड्नी रहेका गायक खरेलको यसअघिका ‘बादल’ र ‘मेरो मायालाई’ दर्शकले अत्याधिक मन पराएका थिए।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…