शिक्षक नियुक्तिमा घुस लिने प्रधानाध्यापक पक्राउ

काठमाडौं । कपिलवस्तुमा शिक्षक नियुक्तिमा घुस लिँदा प्रधानाध्यापक पक्राउ परेका छन् । बालज्योति मावि विसनपुरका प्रधानाध्यापक रवीन्द्रकुमार मौर्य घुससहित पक्राउ परेका हुन् ।

प्रधानाध्यापक मौर्यलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिइरहेको अवस्थामा पक्राउ गरेको हो ।  उनलाई शिवराज नगरपालिका–५ चन्द्रौटास्थित न्यू सिद्धार्थ होटलबाट ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । अख्तियारले घुस प्रकरणमा प्रधानाध्यापक मौर्यसँगै विद्यालयका कार्यालय सहयोगी रामकुमार लोनियालाई पनि पक्राउ गरेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा वडा अध्यक्षले सेवाग्राहीलाई कुटेका छन् ।