सभामुखको राजीनामा ‘उधारै’

काठमाडौं । बुधबार राजधानीबाट प्रकाशित पत्रिकाहरूले विभिन्न फरक – फरक विषयमा मुख्य समाचार प्रकाशित गरेका छन् ।

मंगलबार जनता समाचार डटकम मा यी हुन् सभामुखलाई यौन आरोप लगाउने महिला, राजधानी भित्रिँदै गरेको हतियार र गोलीसहित पक्राउ, शिक्षक नियुक्तिमा घुस लिने प्रधानाध्यापक पक्राउ, स्वास्थ्य कर्मचारीको सामूहिक राजीनामा, कारागार भवन जीर्ण हुँदा कैदीलाई समस्या, ‘सभामुखमाथि छानविन होस्’, फिफा विश्वकप छनौटको खेलाडी बिदाई र नेप्से फेरि दोहोरो अंकले बढ्यो लगायतका समाचार प्रकाशन गरिए ।

बुधबार प्रकाशित सबै दैनिक पत्रपत्रिकाले सभामुखको राजीनामो विषय र त्यसपछि उत्पन्न विभिन्न घटनाक्रमबारे नै मुख्य समाचार प्रकाशन गरेका छन् । अन्नपूर्ण पोष्ट् दैनिकले सभामुखको ‘उधारो’ राजीनामा शीर्षकमा प्रमुख समाचार बनाएको छ । महिला कर्मचारी माथि यौन दुव्र्यवहारको आरोप लागेका सभामुख कृष्ण बहादुर महराले पदबाट राजीनामा दिएपनि घटनाले फरक मोड लिँदा उहाँको राजीनामा ‘उधारो’ हुने देखिएको छ ।

महराले उपसभामुखलाई दिनुभएको राजीनामामा ‘छानबिन प्रक्रिया नसकिँदा सम्मका लागि’ मात्रै लेखिएकाले केही कानुनविदले समेत हास्यास्पद भएको प्रतिक्रिया दिएका छन् । समाचारमा उल्लेख भए अनुसार सभामुख महराले दिएको राजीनामाको भाषामा आफ्नो राजीनामाको अवधि आफैंले तोकेर राजीनामा दिनुभएको उल्लेख छ ।

कारोबार दैनिकले भने जापानले रोजगारीको कोटा बढाउन लागेको समाचारलाई शीर्ष स्थान दिएको छ । समाचारमा उल्लेख भए अनुसार पहिलो चरणमै जापानले १ हजारभन्दा बढी नेपाली कामदारको माग गरेको छ । यस्तै पत्रिकाले ’३५ अर्ब लागतमा १३ सय पुल निर्माण हुँदै’ देशेभर नयाँ पुल बन्दै गरेको समाचारलाई पनि पहिलो पृष्ठमै स्थान दिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

सोचेको कुरा पुग्नेछ । व्यापारमा लाभ हुनेछ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

नेपाललाई बुद्ध र सगरमाथाको देशसँगै कम्युनिष्टको देशको रुपमा विकाश गर्ने योजना पार्टीले अघि सारेको छ ।

डिजेल बोकेको ट्याङ्कर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी १५० मिटर तल खसेको थियो ।

प्रभावकारी तथा सहज परीक्षणको व्यवस्थाको माग भइरहेका बेला सरकारले नाकामै विषादी परीक्षणको व्यवस्था गर्न लागेकोे हो ।

रोजगारीमा फाइदा हुन सक्नेछ, धन सम्पत्तिको चिन्ता हुनेछ ।