ट्रिपरले मोटरसाइकलाई किच्यो

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा चितवन रत्ननगर नगरपालिका १६ घर भएका २५ वर्षीय सुनिल अधिकारीको मृत्यु भएको छ ।

चन्द्रागिरी नगरपालिका ११ सतुङ्गलस्थित सडकमा बा ३ ख ३८१७ नम्बरको टिपरले बा २६ प ४९०३ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा अधिकारीको निधन भएको हो । दुर्घटनामा गम्भीर घाइते अधिकारीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै ललितपुरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । ललितपुर महानगरपालिका सुनाकोठी बस्ने ७० वर्षीया रुकु कार्कीको बसको ठक्करबाट मृत्यु भएको हो । उनलाई बा ४ ख ८२५० नम्बरको बसले ठक्कर दिएको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा वडा अध्यक्षले सेवाग्राहीलाई कुटेका छन् ।