लागूऔषध अफिमसहित पक्राउ

अमरराज पुन
रुकुम । रुकुम पश्चिममा ४ केजी नौ सय ग्राम लागूऔषध अफिम सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सानीभेरी गाउँपालिका –५, गोलचौरका ३२ वर्षीय रन्जीत खत्री रहेका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका –७, नदुुवा नजिकैबाट एक राउण्ड हवाई फायर गरेर खत्रीलाई नियन्त्रणमा लिई पक्राउ गरिएको प्रहरी प्रमुख सुमित खड्काले बताउनुभयो ।

उहाँका अनुसार प्रहरीले खत्रीलाई सोधपुछ गर्ने क्रममा भाग्न खोज्दा एक राउण्ड हवाई फायर गरिएको बताइएको छ । पक्राउ परेका खत्रीलाई नियन्त्रण पछि खानतलासी गर्दा उनको झोलाभित्र हरियो प्लाष्टिकमा लुकाई राखिएको लागूऔषध अफिम फेला परेको डिएसपी खड्काको भनाइ छ ।

बाँफिकोेट गाउँपालिकाको मग्मा, नदुवा लगायत ठाउँमा अवैध लागूऔषध ओसार–पसार तथा खरिद बिक्रीको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा खत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले खत्रीको साथबाट लागूऔषध अफिम सहित एकथान स्प्रिङ र एकथान मोबाईल सेट समेत बरामद गरेको जानकारी दिएको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

तिनिधिसभा सदस्य पार्वत गुरुङलाई काठमाडौ जिल्ला अदालतले साधारण तारिखमा छोड्न आदेश दिएको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।