लिगलिगे राजामा चौथो पटक पर्वतका अनिस

राजन पौडेल
पर्वत । लिगलिगे दौडको उपाधी चुम्दै पर्वतका अनिश थापा चौथो पटक लिगलिगे राजा चुनिएका छन् ।

पर्वतमा बिहीबार सम्पन्न दौडमा उनले उपाधी जित्न सफल भएका हुन् ।

चेपे र मर्स्याङ्गदी नदीको दोभानबाट लिगलिग कोटसम्मको १३ दशमलव ८ किलोमिटर दूरी ५७ दशमलव ५५ मिनेटमा पार गर्दै उनी लिगलिगे राजा बनेका हुन् । भारतीय सेनासमेत रहेका थापा यस अघि तीन पटकसम्म उपाधी जितेर लिगलिगे राजा बनिसकेका थिए । यसवर्ष देखि थापा पालुङ्टार नगरपालिकाको सद्भावना दूत समेत बनेका छन्।

पालुङ्टार नगरपालिकाको कार्यपालिकाको बैठकले लिगलिगे दौड जित्नेलाई यस वर्षदेखि सद्भावनादूत बनाउने निर्णय गरेको थियो । एक वर्षसम्मका लागि उनी पानपाको सद्भावनादूत बनेका छन्।

दशौँ  लिगलिगे राजा र पहिलो सद्भावना दूत घोषणा गरिएको पालुङ्टार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेलले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । अनेरास्ववियुका संयोजक ऐन महरले भ्रष्टाचारको आरोप लागेर छानविनको प्रक्रियामा रहेका नेता, कार्यकर्तालाई कसैले बचाउ गर्न नमिल्ने बताउनुभएको छ…

काठमाडौं । बागमती प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बाँदरको व्यवस्थापन गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको छ । सिन्धुपाल्चोक…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…

गोपाल पाठक / विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (आइतबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत्…