भाडादर अनुगमनमा कडाइ

आनन्द पोखरेल
चितवान । दशैँ मनाउन विभिन्न शहरबाट चितवन हुँदै बाहिरिने यात्रुसँग यातायात व्यवसायीले बढी भाडा असूल गर्न थालेपछि चितवनको सडकमा चेकजाँचमा कडाइ गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार काठमाडौँ, पोखरालगायतका शहरबाट चितवन हुँदै बाहिरीने सवारी साधनका यात्रुसँग भाडादर सोधपुछ तथा सवारी साधनको चलानी हेर्ने गरिएको छ । भाडादर अनुगमनका क्रममा शुक्रबार बिहान नारायणगढ आउने यात्रुसँग बढी भाडा लिएका दुईवटा सवारी साधन तथा सीट क्षमताभन्दा बढी यात्रु बोक्ने १२ वटा सवारी साधनलाई कारबाही गरिएको छ ।

पोखराबाट नारायणगढ आउने र काठमाडौंबाट नारायणगढ आउने दुवै यात्रुबसले १६ जनासँग एक सय रुपैयाँका दरले बढी भाडा लिएको भेटिएपछि बढी भाडा फिर्ता गरिनुका साथै ती सवारी साधनलाई कारबाही गरिएको ट्राफिक प्रहरी प्रमुख गिरीले बताउनुभयो । सीट क्षमता भन्दा बढी यात्रु बोक्ने १२ वटा बस र बढी भाडा असुली गर्ने दुईवटा बसलाई एक हजार पाँच सय रुपैयाँका दरले जरिवाना समेत तिराइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र यातायात व्यवस्था सेवा कार्यालय भरतपुरले संयुक्त रुपमा अनुगमन थालेका हुन् । दशैँको टीकाको दिनको अघिसम्म काठमाडौंबाट आउने र टीकापछि काठमाडौं फर्कने सवारी साधनमा चेकजाँच गरिने गिरीले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।

महोत्तरीको बर्दिबास नगरपालिकामा वडा अध्यक्षले सेवाग्राहीलाई कुटेका छन् ।