दशैँको मुखमा खसीको मूल्य आकासियो

आशिष बहादुर सिंह
बझाङ । दशैँको मुखमा जिल्लामा खसीबोकाको मूल्य आकासिएको छ । सदरमुकाम चैनपुरदेखि ग्रामीण बस्तीमा खसीबोकाको अभाव भएकाले अन्य समयको भन्दा खसीबोकाको मूल्य आकासिएको हो ।

गाउँमा खसीबोका पाइँदैनन् । घरमा दशैँको समयमा सधैँको वर्ष झैँ यस वर्ष पनि अष्टमी गर्ने सोचले सदरमुकाम चैनपुर आएका मष्टाका वीरेन्द्र बहादुर सिंह अन्य समयको भन्दा खसीबोकाको मूल्य दोब्बर भन्दा बढी भनेकाले अचम्ममा परेको बताउँछन् ।

४ हजार मूल्य पर्ने बोकालाई अहिले ८ हजार भन्दा बढी भन्ने गरेका छन् । बजारमा १ केजी मासुको ६ सय पर्ने भएपनि जिउँदो खरिद गर्दा प्रतिकेजी १२ सय भन्दा बढी पर्ने देखिन्छ । केही वर्ष पहिले गाउँमा अधिकांश कृषकले खेतीको काम सँगै पशु चौपाया र बाख्रापालन गर्ने गरेका थिए । पछिल्लो समयमा एनजिओ आइएनजिओले गाउँ गाउँमा उन्नत जातका बाख्रा र बोका समूह बनाएर वितरण गरेपछि स्थानीय जातका बाख्रामा रोग लागेर मरे । उन्नत जातका भनिएका बाख्रा बोका पनि मरेपछि गाउँमा अहिले खसीबोका नपाइएकाे स्थानीय पशुपालक जनक ओलीकाे भनाइ छ ।

‘आफूले पालेका २३ बाख्रा सबै रोगले मरे, एनजिओ आइएनजिओको लगानी बालुवामा पानी भएको छ’, ओलीले भने, ‘हाम्रो विकास हाेइन बिनास गरेका छन्, जिल्लामा खसीबोका पाइदैनन् ।’

बैतडी र दार्चुलाबाट खरिद गरेर ल्याउँदा पनि अन्य समयको भन्दा निकै मंहगो हुने भएकाले बझाङको सदरमुकाम चैनपुरमा पुगेर बिक्री गर्दा अन्य समयको भन्दा महंगो हुने गरेको खसीबोको ब्यापारी अजय धामीले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । अध्यक्षद्वय ओली…

काठमाडौं । अनेरास्ववियुका संयोजक ऐन महरले भ्रष्टाचारको आरोप लागेर छानविनको प्रक्रियामा रहेका नेता, कार्यकर्तालाई कसैले बचाउ गर्न नमिल्ने बताउनुभएको छ…

काठमाडौं । बागमती प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बाँदरको व्यवस्थापन गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको छ । सिन्धुपाल्चोक…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…