सी विचारधाराले तरंगित नेपालको राजनीति

१५औँ र १६औँ शताब्दीमा पनि चीनले विश्वको कुल अर्थतन्त्रमध्ये करिव एक तिहाई हिस्सा ओगटेको थियो । अब फेरी त्यही दिशामा चीन अघि बढेको छ । यतिबेला विश्वको कुल अर्थतन्त्रमा चीनको हिस्सा करिब २० प्रतिशत पुगिसकेको छ । जबकी देङ सियाओ पिङले सत्ता संहाल्दै गर्दा अर्थात सन् १९७८ मा १ दशमलव ८ प्रतिशत मात्रै थियो । चीनलाई शक्तिशाली बनाउने नेताहरूमा माओत्से तुङ, देङ सिआओपिङ र वर्तमान राष्ट्रपति सी जिनपिङको नाम आउँछ ।

छिमेकी मुलुक चीनका राष्ट्रपति सी  चिनफिङको विचारधाराको विषयले यतिबेला नेपालको राजनीति तरंगित भएको छ । सत्तारुढ नेकपाका माथिल्लो तहका २ सय जना नेता तथा चिनियाँ कम्युनिष्ट पार्टीका दुईजना पोलिटव्युरो सदस्यसहितकाे सअभागितामा अन्तरक्रिया भएकाे छ । अन्तरक्रियासँगै यी दुई पार्टीबीच भाइचारा सम्बन्ध विकास गर्ने सम्झौता समेत भएको छ । यो अन्तरक्रिया तथा सम्झौताले नेपालको राजनीतिलाई के कस्तो असर पार्ला ? भन्ने प्रश्न उत्पन्न भएका छन् ।

खास गरी सत्तारुढ नेकपा निकटका विश्लेषकहरुले महाशक्ति उन्मुख चीनसँगको मित्रतालाई अहिलेको घटनाक्रमले झन् गाढा बनाउने र त्यसबाट नेपाललाई ठूलो लाभ मिल्ने बताएका छन् । तर नेपाली कांग्रेस तथा अन्य गैर कम्युनिष्ट कित्ताका पार्टीले चीनसँग बढी घनिष्ठ हुन खोज्दा भारत, अमेरिका लगायतका देश सशंकित हुने र यसबाट मुलुकले ठूलो मूल्य चुकाउनु पर्ने बताएका छन् । वास्तवमा यी दुवै तर्क ठिक छन् ।

छिमेकी मुलुक चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । सबै भन्दा ठूलो अर्थतन्त्र भएको मुलुक संयुक्त राज्य अमेरिकालाई अबको १० वर्ष भित्र उछिन्ने रणनीतिका साथ चीन अघि बढेको छ । १५औँ र १६औँ शताब्दीमा पनि चीनले विश्वको कुल अर्थतन्त्रमध्ये करिब एक तिहाई हिस्सा ओगटेको थियो । अब फेरि त्यही दिशामा चीन अघि बढेको छ । यतिबेला विश्वको कूल अर्थतन्त्रमा चीनको हिस्सा करिब २० प्रतिशत पुगिसकेको छ । जबकी देङ सियाओ पिङले सत्ता संहाल्दै गर्दा अर्थात् सन् १९७८ मा १ दशमलव ८ प्रतिशत मात्रै थियो । चीनलाई शक्तिशाली बनाउने नेतामा माओत्से तुङ, देङ सिआओपिङ र वर्तमान राष्ट्रपति सी चिनफिङको नाम आउँछ ।

सी चिनफिङ देशको अर्थतन्त्रलाई अझ प्रभावशाली बनाउन उत्पादनको क्षेत्रमा चीनलाई ‘महाशक्ति’ बनाउन चाहन्छन् । एकातिर सीमाना जोडिएको, अर्कातिर महाशक्ति राष्ट्र समेतका नाताले चीनसँग सुमधुर सम्वन्ध विस्तार गर्नु नेपालको हितमा छ । आर्थिक सम्मृद्धि तथा विकासको अभियानमा आफू मात्रै अघि बढ्नु भन्दा छिमेकी तथा अरु मुलुकलाई पनि सँगसँगै अघि बढाउनु उपयुक्त हुने धारणा नै सी विचार हो ।

नेपाली कांग्रेसले हरेक वर्ष गान्धी जयन्तीका अवशरमा विशेष कार्यक्रम आयोजना गर्ने गर्छ । महात्मा गान्धीको जन्म दिन अक्टुवर २ लाई संयुक्तराष्ट्र संघले समेत विश्व अहिंसा दिवसका रुपमा मनाउने गरेको छ । महात्मा गान्धी भारतका हुन् तर विश्वका प्रायः सबै मुलुकमा उनका अनुयायी छन् । अहिंसात्मक माध्यमबाट गरिएको परिवर्तन नै दीर्घजीवि हुन्छ भन्ने गान्धीको विचार हो । यो विचारलाई भारतले गर्वका साथ अरु मुलुकमा प्रचार गर्ने गरेको छ । गान्धी जयन्तीका अवसरमा धेरै देशमा भारतीय नेता तथा विज्ञ पुग्छन् र शान्ति र अहिंसाको विषयमा प्रशिक्षण दिन्छन् । नेपालमा पनि अक्टोबर २ को कार्यक्रमका लागि असोज १४ गते मंगलबार नै भारतबाट पूर्व विदेशमन्त्री नेपाल आएका थिए।

यसैगरी चीनले पछिल्लो चरणमा राष्ट्रपति सी चिनफिङलाई महान विचारकका रुपमा अनुमोदन गरेको छ । मुलुकलाई आर्थिक रुपमा सम्पन्न बनाउने, जनतालाई सुविधा सम्पन्न बनाउने अभियान राष्ट्रपति सीले शुरु गरेका छन् । हुन त सबै शासकले यस्तै घोषणा गर्छन् तर थोरै मात्र सफल हुन्छन्, जो सफल भएका छन् । उनीहरुको नाम इतिहासको पानामा स्वर्ण अक्षरले लेखिएको हुन्छ । यी सफल मध्येका सी चिनफिङ पनि एक हुन् ।

चीनले आफ्नो मुलुकका प्रगतिका बारेमा विभिन्न देशबाट प्रतिनिधि मण्डल बोलाएर अवलोकन भ्रमण गराई रहेको हुन्छ । यो अवलोकन भ्रमण पनि एक खालको प्रशिक्षण नै हो । यस्तो प्रशिक्षण नेपालका सबै पार्टीका नेताहरुले लिएका छन् । नेपाली कांग्रेस र मधेस केन्द्रित राजनीतिक दलका नेताहरुले पनि उल्लेख्य मात्रामा लिएका छन्।

चिनियाँ कम्युनिष्ट पार्टीको १९औं कंग्रेसले सी चिनफिङको विचारधारालाई आफ्नो विधानमा समावेश गरी  विचारधारा स्थापित गरेसँगै चिनियाँ कम्युनिष्ट पार्टीको अबको मार्गदर्शक सिद्धान्त ‘माक्सवाद, लेनिनवाद, माओ विचारधारा, देङ सियाओपिङ विचारधारा र सी चिनफिङ विचारधारा’ हुनेछ ।

सन् २०१७ अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको सर्वोच्च निकाय नेशनल कंग्रेसले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको सी चिनफिङ विचारधारा (jinping thought on sociolism with chinese cheracteristics for a new) लाई पारित गरेको हो ।  कंग्रेसबाट पारित भएकाे विचारधारालाई नै सी चिनफिङ विचारधारा भनेर बुझिन्छ । आजको चीन त्यही बाटोमा अघि बढिरहेको छ र विश्वको ध्यान आफूतिर तानिरहेको छ । नयाँ विचारसँगै चीनमा मा ओत्से तुङ र देङ सियाओ फिङपछि आधारभूत सिद्धान्त स्थापित गर्ने तेस्रो नेताको रूपमा सी चिनफिङ  स्थापित भएका छन् । सन २०१२ मा सी चिनफिङ चीनको राष्ट्रपतिमा छनेट भएपश्चात् उनले अघि सारेको आर्थिक समृद्धि भ्रष्टाचार नियन्त्रणजस्ता कार्यक्रम साथै बीआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ) जस्ता महत्वाकांक्षी योजना आदिले गर्दा आज विश्वका शक्तिशाली राष्ट्रको समेत ध्यान चीनतर्फ केन्द्रित भएको छ । यति मात्रै होइन, सीले अघि सारेको चिनियाँ विशेषता सहितको समाजवादको विचारधाराले उनलाई विश्वको राजनीतिमा एक वैचारिक एवं शक्तिशाली राष्ट्रप्रमुखको रूपमा स्थापित गरेको छ । उनको दूरदर्शिता र विचारले विश्वका कम्युनिष्ट पार्टी र कम्युनिष्ट पार्टीले सञ्चालन गरेका राष्ट्र आर्कषित हुँदै गएका छन्।

चीनको शासन व्यवस्था आर्थिक रुपमा पूँजीवादी र राजनीतिक रुपमा कम्युनिष्ट शासन व्यवस्था अंगालेको मुलुक हो चीन । सिंगो चीन एक मात्रै कम्युनिष्ट पार्टीले चलाइरहेको छ । त्यो कम्युनिष्ट पार्टीलाई राष्ट्रपति सी चिनफिङले चलाइहेका छन् । प्रत्येक पाँच–पाँच वर्षमा सत्तारुढ कम्युनिष्ट पार्टीले आफ्नो महाधिवेशन गर्छ । यो महाधिवेशनले पार्टीको नेतृत्वको टुंगो लगाउँछ । पार्टीको नेतृत्वले सत्ता सञ्चालन गर्छ । सन् २०१२ मा भएको १८औं महाधिवेशनद्धारा सी चिनफिङ राष्ट्रपति निर्वाचित भए । सन् २०१७ मा भएको १९औं महाधिवेशनपछि उनी दोस्रो कार्यकालका लागि मात्रै होइन इच्छा रहुन्जेल राष्ट्रपति बन्ने भएका छन् ।

सी चिनफिङको कार्यकालमा चीनले केन्द्रको नियन्त्रण, बन्द अर्थतन्त्रको अवरोधलाई तोड्दै उत्पादन तथा निर्यातमा विश्वकै केन्द्रका रूपमा स्थापित गर्दै तीव्र गतिमा आर्थिक वृद्धिदर हासिल गर्न सफल भएको छ । सन् १९८० तिर चीन ३ खर्ब ५ अर्ब ३५ करोड जीडीपीसहित विश्वको ७औँं ठूलो अर्थतन्त्र थियो जब कि त्यतिबेला अमेरिकाको जीडीपीको आकार २८ खर्ब ६० अर्ब डलर थियो । सन् १९७८ मा बजार अर्थतन्त्रमा सुधार गरेपछि आर्थिक वृद्धिदर वार्षिक औसत १० प्रतिशत बन्यो । विश्व बैंकले सन् २०१० देखि पहिलोपटक सन् २०१७ मा चीनको आर्थिक वृद्धिदरको प्रतिवेदन प्रस्तुत गरेको थियो । यसले सन् २०१९ को वृद्धिदर ६ दशमल ६ प्रतिशत र सन् २०२३ सम्ममा घटेर ५ दशमलव ५ प्रतिशतमा झर्ने अनुमान गरको छ । व

गत वर्षदेखि चीन र अमेरिकाको अर्थतन्त्रबीचको अन्तर तीब्र दरमा झरिरहेको छ । सन् २०१७ मा चीनको जीडीपी १ सय २० खर्ब १० अर्ब अमेरिकाको भन्दा ७३ खर्ब ७० अर्ब थियो । सन् २०१८ यो अन्तर ६३ खर्ब २० अर्बमा झरेको छ । सन् २०२३ सम्ममा यो फरक २९ खर्ब ६० अर्ब डलरमा सीमित हुने अनुमान गरिएको छ । सन् २०२३ सम्ममा चीनको जीडीपी ३ सय ७० खर्ब ६० अर्ब डलर हुनेछ । चीनको धेरै जनसंख्याले उसको कुल गार्हस्थ उत्पादनका आधारमा प्रतिव्यक्ति आय ८ हजार ६ सय ४३ डलर मात्र पुगेको छ ।

विश्वमा प्रतिव्यक्ति आयको सूचीमा चीन ७२औं स्थानमा पर्छ । सन् १९४९ मा स्थापनादेखि सन् १९७८ को उत्तर कालसम्म चीन जनवादी गणराज्य तत्कालीन सोभियत शैली समान एक केन्द्र नियन्त्रित अर्थव्यवस्थामा चलिरहेको थियो । त्याे व्यवस्थामा निजी व्यापार र पूँजीवादलाई स्थान थिएन । देशलाई एक आधुनिक, औद्योगिक साम्यवादी समाज बनाउनका लागि नेता मा ओत्से तुङले महत्वपूर्ण दीर्घकालीन अर्थव्यवस्थाको स्थापना गरेका थिए । माओको निधनपछि र सांस्कृतिक क्रान्तिको अन्त्यपछि देङ सिया ओ पिङ र त्यसपछिका नयाँ नेतृत्वमा अर्थव्यवस्थामा सुधार गर्दै एक दलीय शासनको अधिनमा रहने गरी बजारोन्मुख मिश्रित अर्थव्यवस्था बनाउनका लागि सुधारको थालनी गरे ।

चीनको अर्थव्यवस्था मुख्य रूपमा निजी सम्पत्तिको स्वामित्वमा आधारित एक बजार अर्थतन्त्रका रूपमा चित्रित छ । कृषिमा सामूहिकीकरण व्यवस्था हटाइयो र कृषिभूँमिको उत्पादकता बढाउनका लागि निजीकरण गरियो । शुरूमा विस्तृत विविधतायुक्त लघुउद्योगलाई प्रोत्साहित गर्दै सरकारले मूल्य नियन्त्रण तथा विदेशी उपनिवेशलाई प्रोत्साहन गर्यो। विदेश व्यापारलाई विकासको एक प्रमुख पक्षका रूपमा ध्यान दिइयो । विशेष आर्थिक क्षेत्रका रूपमा शुरूमा हङकङ नजिकको सेन्जेनलाई र पछि अन्य शहरलाई स्थापित गर्यो। राज्यको स्वामित्वमा रहेका उद्योगलाई पश्चिमी शैलीको प्रबन्धन प्रणालीका आधारमा पुनर्गठन गरियो र फाइदा नदिएका बन्द गरियो ।

सन् १९७८ मा आर्थिक उदारीकरणको शुरूआतदेखि अहिलेसम्म चीनको लगानी तथा निर्यातमा आधारित अर्थव्यवस्थाको आकारमा ९० गुणा वृद्धि भइसकेको छ र यो विश्वको प्रमुख अर्थ व्यवस्था मध्येको सबैभन्दा तीब्र रूपमा अगाडि बढिरहेको अर्थ व्यवस्था हो । चीनको अर्थतन्त्रले सन् २०१० उत्तरार्धदेखि जापानलाई उछिनेको छ ।   सन् २००५ मै बेलायत र जर्मनीको अर्थतन्त्रलाई पछाडि पारेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

मेष- मित्रजन भेटघाट हुनेछ । धनको कारोबार बढ्नेछ । वृष- शंकाले बाधा गर्नेछ । रमाइलोमा दिन बित्नेछ मिथुन- अनावस्यक धन…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

काठमाडाैं । ‘समानताको पुस्ताः बलात्कार विरुद्ध ऐक्यवद्धता’ भन्ने मूल नाराका साथ गत २५ नोभेम्बरबाट शुरू भएको “लैङ्गिक हिंसा विरुद्धको १६…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (बुधबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

रविन्द्र सिंह ठकुरी बाँके । पुस्तकालयमा युवा भन्दाबढी जागिरबाट रिटायर्ड भएकाहरु र बालबालिकाहरु देखिन थालेका छन् । पछिल्लो समय सामाजिक…

नारायण थापा भक्तपुर । उपत्यकाका विभिन्न महानगर र नगरपालिकाका मेयरहरुले पुर्वाधार विकासका लागि कार्य गर्दै आएको उपत्यका विकास प्राधिकरण खारेजीको…