एनआरएनएद्वारा खेलकुद प्रतिष्ठानकाे स्थापना

काठमाडौं । गैर आवासीय नेपाल संघ (एनआरएनए) ले ‘गैर आवासीय नेपाली संघ खेलकुद प्रतिष्ठान’ को स्थापना गरेको छ ।

एनआरएनएले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिष्ठान स्थापना गरिएको घोषणा गरेको हो । कामको खोजीमा विदेश बस्न बाध्य नेपाली खेलाडीहरुलाई पनि राष्ट्रिय खेलकुदमा आवद्ध गराउने मुख्य उद्देश्यका साथ प्रतिष्ठान स्थापना गरिएको गैर आवासीय नेपाली संघ, युवा तथा खेलकुद समितिका संयोजक सुदन थापाले जानकारी दिनुभयो ।

प्रतिष्ठानले नेपालको खेलकुद क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय सहायता जुटाउने काम पनि गर्ने एनआरएनएले जनाएको छ । यसैबीच, एनआरएनएले आफ्नो विश्व सम्मेलनको अवसर पारेर काठमाडौंमा ५ वटा खेलकुद प्रतियोगिता आयोजना गर्ने पनि घोषणा गरेको छ ।

‘एनआरएनए हेरिटेज वाकथुन’, एनआरएनए स्र्पोटस् मिट, एनआरएनए फुटशल टुर्नामेन्ट, एनआरएनए गल्फ च्याम्पियनसिप र एनआरएनए पेन्टिङ एक्जिबिशन पनि आयोजना गर्न लागिएको एनआरएनएका अध्यक्ष भवन भट्टले जानकारी दिनुभयो ।

एनआरएनएको विश्व सम्मेलन आगामी असोज २८ गतेदेखि काठमाडौंमा शुरु हुँदैछ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…