मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

                 फाइल तस्बिर

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।  हेटौंडा उपमहानगरपालिका १ चाइनागेटस्थित पूर्वपश्चिम सडकमामा ट्याङकरले मोटरसाइकललाई ठक्कर दिँदा महिलाको मृत्यु भएको छ । सुन्दरहरैंचा नगरपालिका ७ ठडिया चोकस्थित पूर्वपश्चिम राजमार्गमा पिकअप भ्यान र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु भएको छ  ।

ना ८ ख ३८७२ नम्बरको ट्याङकरले ना ५६ प ३९३५ नम्बरको मोटरसाकललाई शुक्रबार बिहान ठक्कर दिएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार ३५ वर्षीया सीता न्यौपानेको मृत्यु भएको छ । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक ४५ वर्षीय शशी न्यौपाने घाइते छन् । उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । ट्याङकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ, सुन्दरहरैंचा नगरपालिका ७ ठडिया चोकस्थित पूर्वपश्चिम राजमार्गमा शुक्रबार बिहान  पिकअप भ्यान र मोटरसाइकल ठोकिँदा युवकको मृत्यु भएको छ ।  को १ ज ३१६८ नम्बरको पिकअप भ्यान र  को ३५ प १४२२ नम्बरको मोटरसाइकल ठोकिएको हो । दुर्घटनामा मोटरसाइक चालक बेलबारी नगरपालिका २ बस्ने २० वर्षीय योगेश निरौला मृत्यु भएको हो ।

उनको विराटनगर न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार १९ वर्षीय सुसन कार्की घाइते भएका छन् । उनको विराटनगर अस्पतालमै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…