बिरामीलाई निःशुल्क रगत

कञ्चनपुर । नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय कञ्चनपुरले सञ्चालन गर्दै आएको रक्तसञ्चार सेवा केन्द्रले बिरामीलाई निःशुल्क रुपमा रगत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

सुदूरपश्चिम क्षेत्रमा निःशुल्क रुपमा रगत उपलब्ध गराउने रक्तसञ्चार केन्द्र पहिलो हो ।

बिरामीलाई रगत परीक्षण र अन्य सेवा उपलब्ध गराएबापत विगतमा ७ सय ७० प्रतिपिन्ट शुल्क लिदै आएकामा स्थानीय तहले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक रकम दिन थालेपछि निःशुल्क रुपमा रगत उपलब्ध गराउन थालेको शाखाका कोषाध्यक्ष थीरेन्द्रचन्द्र भट्टले बताउनुभयो ।

उहाँका अनुसार जिल्लाका नौवटै स्थानीय तहले हालसम्म केन्द्रलाई पाँच लाख ५० हजार रकम उपलब्ध गराएका छन् । ‘निरन्तर सहयोग गर्ने स्थानीय तहले प्रतिबद्धता गरेपछि रक्तदाताले उपलब्ध गराएको रगत निःशुल्क रुपमा दिन थालेका छौँ’, उहाँले भन्नुभयो, ‘विपन्न र आर्थिक अभाव भएका बिरामीले सहज रुपमा रगत पाउने भएका छन् ।’

यो बाहेक केन्द्रलाई सोसाइटीको केन्द्रीय कार्यालयबाट कहिले कहीँ मात्रै थोरै बजेट उपलब्ध हुने गरेको थियो । त्यो रकमले नपुग्ने भएपछि दाताले उपलब्ध गराएको रगत सेवाग्राहीलाई दिँदा शुल्क लिनुपरेको कोषाध्यक्ष भट्टको भनाइ थियो ।

केन्द्रमा रक्त सङ्कलनका लागि आवश्यक सामग्री, प्रयोगशाला, आवश्यक प्राविधिक र प्राविधिक कक्षलगायतका सुविधा छन् । केन्द्रमा वार्षिकरुपमा ६ सय देखि एक हजार पिन्ट रगत खपत हुने गरेको छ । मासिक रुपमा भने ५० देखि एक सय पिन्ट रगत मात्रै खपत हुँदै आएको छ ।

पूरै रगत जाँच गर्ने स्पिटर मेसिन नहुँदा त्यसका लागि केन्द्रले कैलालीको धनगढी पठाउँदै आएको छ । महाकाली अस्पतालमा चिकित्सको अभाव हुँदै आएकाले थोरै मात्र रगतको खपत हुने गरेको छ । सयदेखि तीन सय पिन्टसम्म रगत ३० दिनसम्म जगेडा राख्न सक्ने रेडक्रससँग क्षमता रहेको छ । रेडक्रसले रक्तसञ्चार केन्द्र २०५० देखि सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । प्रधानमन्त्री केपी ओली र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ । अध्यक्षद्वय ओली…

काठमाडौं । अनेरास्ववियुका संयोजक ऐन महरले भ्रष्टाचारको आरोप लागेर छानविनको प्रक्रियामा रहेका नेता, कार्यकर्तालाई कसैले बचाउ गर्न नमिल्ने बताउनुभएको छ…

काठमाडौं । बागमती प्रदेशको पशुपंछी तथा मत्स्य विकास निर्देशनालयले बाँदरको व्यवस्थापन गर्न ४० लाख रुपैयाँ विनियोजन गरेको छ । सिन्धुपाल्चोक…

काठमाडौं । मन्त्रिमण्डल फेरि हेरफेर हुने भएको छ । मन्त्रालयलाई पूर्णता दिन प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल  १० औँ पटक विस्तार…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– लामोे यात्राको सुख मिल्नेछ । साझेदारीमा फाइदा हुनेछ । वृष– गुप्त शत्रुको भय टर्नेछ । यात्रामा खर्चले तनाव दिनेछ । मिथुन– विद्यामा…