केशवको ‘हितैको माया’ सार्वजनिक

काठमाडौं । महान चाड दशैँको अवसर पारेर गायक केशव राईले ‘हितैको माया’ नामक तेस्रो गीति एल्बम प्रकाशित गरेका छन् । विगत २५ वर्षदेखि गायनमा क्रियाशील राईले यसअघि ‘अजम्बरी फूल’ र ‘जुत्ता चाइनाको’ एल्बम प्रकाशित गरिसकेका छन् । राजधानीमा आयोजित एक समारोहमा लोकार्पण गरिएको ‘हितैको माया’ गीतिएल्बमका गायक स्वयम् भने मकाउमा कार्यरत छन् ।

सेवा इन्टरटेन्मेन्टको ब्यानरमा गीतकार जीवन मुकारुङले संयोजन गरेको कार्यक्रममा प्रमुख अतिथि कवि तथा प्राज्ञ शशी लुमुम्बू, विशेष अतिथिहरू गीतकार तथा संस्कृतिकर्मी शुभ मुकारुङ, गीतकार टीका चाम्लिङ, आख्यानकार राजन मुकारुङ, कविहरू चन्द्र रानाहँछा, रविन्द्र दिखुक्पा, शुक्र राई लगायतले लोकार्पण गरेका थिए ।

‘हितैको माया’ एल्बममा ‘हितैको मायालाई’, ‘झममा झम’, ‘हाँसेर बोलिदेऊ सानु’, ‘जुग जाने माया’, ‘खोले हुन्थ्यो सोल्टिनीले’ र ‘साकेला नाचौँ’ गरी ६ ओटा लोकआधुनिक र फ्युजन दोहोरी गीतहरू समाविष्ट छन् । एल्बममा गायक केशव राईलाई सुनिता थेगिम, सरु कोयु, शशी राई, श्रेयसी चेम्जोङ, राजु आङ््देम्बे लगायतले स्वरमा साथ दिएका छन् भने शब्द लब्ली तुलसी, जिविहाङ राई, सरु कोयु, कुमार राई, टीका चाम्लिङ र स्वयम् गायक समेतको रहेको छ ।

कार्यक्रममा बोल्दै प्राज्ञ शशी लुमुम्बूले नेपाली गीत–सङ्गीतको विकासमा डायस्पोरामा रहेका सर्जकहरूको उल्लेखनीय योगदान रहेको बताउँदै गायक केशव राईको ‘हितैको माया’भित्रका गीतहरूले माया, प्रेमका साथसाथै जीवन जगत्बारे बोलेको दाबी गरे । यसै गरी अन्य वक्ताहरूले गायक राईको गायकीको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष

सीमा जोडिएको चीनमा कोरोना महामारीले ताण्डव मच्चाएको बेलामा नै  यसबारे किन सतर्क हुन सकिएन ?

सरकारको काममा जनमासको विश्वास छाओस् । सरकारको जितमा नै जनताको खुशी र जित छ ।

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘स्वास्थ्य संकटकाल’ घोषणाको लागि मन्त्रिपरिषद्मा प्रस्ताव लग्ने भएको छ । मन्त्रालयको बुधबारको बैठकले ‘हेल्थ…

काठमाडौं । संघीयता खारेज गर्न माग गर्दै संसदमा प्रस्ताव दर्ता भएको छ । संघीयताको पहिल्यैदेखि विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले…

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । दोलखाका वृद्धले कोरोनाको कारण जीवन गुमाएका हुन्…

कपिलवस्तु । कपिलवस्तुमा कोराना भाइरस संक्रमणसँगै निको हुनेको संख्या ३२ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमणबाट निको हुनेहरुमा…