दोषीलाई सरकारले नै संरक्षण गरेको देउवाको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘महरा काण्ड’ का दोषीमाथि कारबाही नगरेर सरकारले नै संरक्षण गरेको आरोप लगाउनुभएको छ ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले यौन दूव्र्यवहारको आरोप लागेपछि सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि कारबाही गर्नुको साटो सरकार आफैले संरक्षण गर्ने काम गरिरहेको दाबी गर्दै आक्रोस व्यक्त गर्नुभएको हो ।

महराजस्तो मान्छेलाई सबै जिम्मेबारीबाट नहटाएकोमा देउवा जनाउनुभएको हो । दशैंको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै उहाँले पीडित महिलालाई धम्क्याएर, तर्साएर मुद्दा हाल्न नदिएको सबै कुरा बाहिर आउँदा पनि त्यस्ता बदमासी गर्ने महरामाथि किन कारबाही नगरिएको ? भनि सरकारलाई प्रश्न गर्नुभयो ।

‘त्यस्तो बदमासी गर्ने अनि उल्टै घटनाको तथ्य लेख्नेमाथि ज्यान मार्ने धम्की दिने काम भइरहेको छ,’ सभापति देउवाको भनाइ थियो, ‘त्यस्ता मान्छेलाई बचाउन जे पनि गरिरहेका छन् ।’

सभापति देउवाले सर्वसाधारणले दशैं समेत मनाउन नसक्ने गरी महंगी बढ्दा पनि सरकारले नियन्त्रण गर्न नसकेको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष

डडेल्धुरा । गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का शेरबहादुर देउवा । उहाँ बाजेको खीर पसलले परिचत हुनुहुन्छ । साहुँखर्कमा दैनिक…

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

मेष– सामाजिक प्रशंसा मिल्नेछ । कृषि काममा फाइदा पाइनेछ । वृष– विदेशको काम बन्नेछ । ठूला बडाको साथ मिल्नेछ ।…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

लमजुङ । बेँसीशहर–चामे सडक अवरुद्ध भएको छ । सडक पहिरोको कारण शुक्रबार अपरान्हदेखि अवरुद्ध भएको हो । मस्र्याङदी गाउँपालिकाको स्याङ्गे,…

काठमाडौं । सरकारले निर्माण क्षेत्रमा लापरवाही गर्नेलाई  कारबाही गर्ने चेतावनी दिएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले त्यस्ताे चेतावनी…