सरकारले मूल्य ताेकेपछि खसी व्यापारी मारमा

काठमाडौं । सरकारले दशैँ, तिहारजस्ता चाडपर्वलाई लक्षित गरेर खसी/बोकाको मूल्य तोकिदिएपछि व्यापारीहरु मारमा परेका छन् ।

सरकारले दशैँका लागि प्रतिकेजी ५ सय पचास रुपैयाँ खसी/बोकाको मूल्य तोकि दिएपछि काठमाडौं आएका व्यापारीहरु लाखौंको घाटा व्यहोर्न बाध्य भएका हुन् ।

फूलपातीको दिन काठमाडौंको भृकटीमण्डवमा भेटिएका काभ्रेका व्यापारी दिपक प्रसाद पन्तले सरकारले आफूखुसी मूल्य तोकिदिँदा आफूहरुले लाखौंको घाटा व्यहोर्नु परेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले किसानसँग प्रतिकेजी ६०० रुपैयाँ हालेर ल्याएको खसी/बोका ५ सय पचासमा बिक्री गर्दा भएको घाटा कसले व्यहार्ने भनि प्रश्न गर्नुभयो । ‘आफूले ७ लाख हालेर ल्याएको खसी/बोकाको मूल्य ४ लाख पनि उठेन,’ खसी व्यापारी पन्तले प्रधानमन्त्री ओलीप्रति आक्रोश व्यक्त गर्दै भने, ‘ मैले व्यहोरेको ३ लाख घाटा कसले पूरा गरिदिन्छ ?’ दशैँका बेला घाटामा गएपछि व्यापारीहरुले सरकारले आफैले पालेजसरी खसी/बोकाको मूल्य तोकेर किसानहरुलाई मारमा पारेको दुःखेको व्यक्त गरे ।

व्यापारीहरु फूलपातीको दिन भएको खसी व्यापारबाट निराश छन् । अष्टमीको दिन केही होलाकी भन्ने आशामा आफूहरु रहेको अर्का व्यापारी रामकृष्ण लोभोमीले बताए । उनले भारतबाट पनि खसी/बोका आयात भएकाले पनि आफूहरु मारमा परेको गुनासो गरे । दशैँका लागि खसी/बोका भारतबाट आयात नगर्ने सरकारले बताए पनि त्यसमा प्रतिबन्ध लगाउन नसकेकोमा व्यापारीहरुको आपत्ति छ ।

दशैँमा खसी/बोकाको व्यापारमा घाटा खाएका व्यापारीहरुले सरकारले चिनीको मूल्य भने प्रतिकेजी ७० रुपैयाँ बढाएर सय रुपैयाँ बनाउने तर मासुको मूल्य भने गत वर्षको जत्तिनै राखेकोमा असन्तुष्टि व्यक्त गरे । केही नाफा हुने आसमा खसी/बोका लिएर काठमाडौं आएका व्यापारीहरु निराश भएर फर्कने तयारीमा रहेका छन् । अष्टमीको दिन केही आशातित व्यापार हुने उनीहरुको अपेक्षा छ ।

खसी/बोकाको मूल्य तोकेर काठमाडौंमा सुपथ मूल्य पसल नै संचालन गरेको सरकारले व्यापारीहरुले खाएको घाटालाई कसरी सम्बोधन गर्ने हो ? त्यो भने हेर्न बाँकी छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चुरे क्षेत्रका बासिन्दालाई हरेक बर्षको समयमा बाढि, पहिरो र भुक्षयको डरले निद्रा आउन छाडेको छ ।

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…