कुटपिट रक्सीमा मिलापत्र, वृद्धको मृत्यु

भोजपुर । भोजपुर नगरपालिका छिमकीको मुक्का प्रहारबाट वृद्धको मृत्यु भएको छ । वडा नम्बर १० का ६३ वर्षीय बलबहादुर राईको मुक्का प्रहारबाट मृत्यु भएको हो ।

छिमेकीको मुक्काले घाइते बलबहादुरको झारफुक गर्दागर्दै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बलबहादुरलाई छिमेकी शंखराज भनिने श्रीकृष्ण राईले बुधबार मुक्का हानेका हुन् ।

आफ्नै घरको सिकुवामा आराम गर्दै बसेका बलबहादुरलाई श्रीकृष्णले मादक पदार्थ सेवन गरी बिना कारण मुक्का हानेमा थिए । त्यसपछि घटना एक बोटल रक्सीमा मिलापत्र भएको थियो । कुटपिटबाट घाइते बलबहादुरले दुखेको निको पार्न झारफुक गरे । तर झारफुकबाट दुखाई निको भएन, उनको शुक्रबार निधन भयो ।

बलबहादुरको निधनपछि श्रीकृष्ण पक्राउ परेका छन् । उनलाई भोजपुर नगरपालिकाको भैसीपंखा जीमीगाउँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…