दशैंको यात्रु लिएर जुम्ला जाँदै गरेको जिप दुर्घटना

                           फाइल तस्बिर

बाँके । दशैंको यात्रु लिएर नेपालगञ्जबाट जुम्लातर्फ जाँदै गरेको दुर्घटना भएको छ ।  भे १ ज १०८४ नम्बरको जिप आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १४ रातानाङ्लामा दुर्घटना भएको हो ।

दुर्घटनामा १ जनाको मृत्यु भएको छ । जुम्ला हिमा गाउँपालिका–१ का २५ वर्षीय सुरेन्द्रकुमार शाहीको मृत्यु भएको हो । दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइते मध्ये २ काे अवस्था गम्भीर छ ।

जिप अनियन्त्रित भइ सडकदेखि करिब सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये जुम्ला गोठीचौर गाउँपालिका–४ का ३२ वर्षीय धनानन्द पाण्डे र २९ वर्षीय धर्मदत्त देवकोटाको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

जुम्लाको चन्दनाथ नगरपालिका–७ का १८ वर्षीय नन्दा रावल, १७ वर्षीय निर्मल रावल, १८ वर्षीय प्रकाश रावल, गोठीचौर गाउँपालिका–४ का २६ वर्षीय लोकेन्द्र जैशी, ३५ वर्षीय हरिचन्द्र न्यौपाने, ६३ वर्षीय भवानीप्रसाद पाण्डे र सुर्खेत भेरीगङ्गा नगरपालिका–१२ छिन्चुका ३१ वर्षीय गोविन्द सिंह वीरेन्द्रनगरस्थित माया नर्सिङ होममा उपचार भइरहेको छ ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

तिनिधिसभा सदस्य पार्वत गुरुङलाई काठमाडौ जिल्ला अदालतले साधारण तारिखमा छोड्न आदेश दिएको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।