सवारी दुर्घटनामा ५ जनाको मृत्यु

                    फाइल तस्बिर

काठमाडौं । मुलुकको विभिन्न ठाउँमा भएको छुट्टाछुट्टै दुर्घटनामा ५ जनाको मृत्यु भएको छ । काठमाडौं, सिन्धुपाल्चोक, उदयपुर, बर्दिया र सोलुखुम्बुमा भएको दुर्घटनामा ५ जनाले जीवन गुमाएका हुन् ।

काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित सडकमा बा १९ च ३५५५ नम्बरको जिपको ठक्करबाट ठेगाना नखुलेको ६५ वर्षीय कृष्णराज ढकालको मृत्यु भएको छ । ढकालको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा शनिबार  राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकमा बसको ठक्करबाट नाबालिकाको मृत्यु भएको छ । चौतारा साँगाचोक गढी नगरपालिका ५ स्थित सडकमा बा २ ख ६५८५ नम्बरको बसको ठक्करबाट  त्यही ठाउँका भिमबहादुर घलेकी ३ वर्षीया छोरी प्रेरणाको मृत्यु भएको हो । उनको उपचारको क्रममा शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

उदयपुरमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा युवाको मृत्यु भएको छ । कटारी नगरपालिका(२ स्थित सडकमा को १ ज ३४०० नम्बरको जिपले ज ५ प ७५५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सिन्धुली दुधौली नगरपालिका९ लदाहका ३४ वर्षीय रूपेन कुमरको मृत्यु भएको हो ।

बर्दियामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्युभएको छ । बाँसगढी नगरपालिका ८ स्थित सडकमा भे ५ प ३१८० नम्बरको मोटरसाइकलको ठक्करबाट त्यही ठाउँका ४७ वर्षीय बालकृष्ण थारु मृत्यु भएको हो । मोटरसाइकलको ठक्करबाट घाइते बालकृष्णकी पत्नी ४५ वर्षीया सिता प्यारीको उपचार भइरहेको छ ।

सोलुखुम्बुमा जिप खस्दा युवको मृत्यु भएको छ । दुधकुण्ड नगरपालिका ११ बरडाँडास्थित सडकमा बा १५ च ९४२० नम्बरको जिप शनिबार राति अनियन्त्रित भइ सडकबाट खसेर ना १ ज ५३४२ नम्बरको टाटा सुमोमाथि खसेका हो । दुर्घटनामा सुमो चालक नेचा सल्यान गाउँपालिका(२ बस्ने २१ वर्षीय लेख बहादुर खडकाको घटनास्थलमै मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौं । विदेशबाट ल्याइने नेपालीलाई केही समय राख्न काठमाडौं उपत्यकामा १७ सय शैयाको क्वारेन्टाइन बनाइने भएको छ । सरकारले भारत…

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा भारतबाट स्थल मार्ग हुँदै स्वदेश फर्कने क्रममा रहेका नागरिकलाई नेपाल–भारत सीमाका…

काठमाडौं । नेपालमा मंगलबार एकैदिन २ सय ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संख्या अहिलेसम्मकै बढी…

काठमाडौं । सरकारले करदातालाई ताकेता शुरु गरेको छ ।  लकडाउनका कारण २ महिना थपिएकोमा म्याद सकिनै लाग्दा सरकारले ताकेता शुरु…

काठमाडौं । गणतन्त्रमा पनि भूमिगत अवस्थामै रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले पार्टी आर्थिक रुपमा कमजोर भएको जनाएको छ । पार्टीको…

मेष– यात्रामा तनाव हुनेछ । प्रेममा प्रगति रहनेछ । वृष– स्वास्थ्यमा सुधार हुनेछ । मुद्दामामिला किनारा लाग्नेछन् । मिथुन– सम्पत्ति…