महराले प्रहरीलाई भने तपाईंहरु जानुस् म चौकीमै आउँछु, प्रहरी भन्छन्– हामी तपाईंलाई लिएरै मात्र जान्छौं

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादु महराले प्रहरीमा आत्मसमपर्ण गर्ने भएका छन् । महराले पक्राउको लागि आएका प्रहरीलाई आफूले आत्मसमर्पण गर्ने बताएका हुन् ।

प्रहरीले महरालाई पक्राउ पुर्जी बुझाएको छ । कर्मचारी बलात्कार आरोप लागेका महरालाई प्रहरीले अदालतको अनुमतिमा आइतबार बेलुकी बालुवाटारस्थित सभामुख निवास पुगेर पक्राउ पुर्जी थमाएको हो । पुर्जी थमाएपछि प्रहरीले महरालाई पक्राउ प्रयास गरिरहेको छ । तर महराले भने ‘तपाईहरु जानुस, म आउँछु’ भनेर प्रहरीलाई फर्काउने प्रयास गरेका छन् । तर प्रहरी टोली भने महरालाई पक्राउ गर्ने अडान लिएर बसेका छन् ।

महरालाई प्क्राउ गर्न प्रहरी टोली आइतबार बेलुका बालुवाटारस्थित सभामुख निवास पुगेको हो । महरालाई प्रहरीेले अदालतको अनुमतिमा पक्राउ गर्न लागेको हो । महरालाई पक्राउ गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो । जिल्लाका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जाहेरी परेपछि निर्वतमान सभामुख महरालाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालतसँग अनुमति मागेको थियाे।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

चुरे क्षेत्रका बासिन्दालाई हरेक बर्षको समयमा बाढि, पहिरो र भुक्षयको डरले निद्रा आउन छाडेको छ ।

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…