महरालाई सिंहदरबार प्रहरी वृतमा राखियाे

फौजदारी अभियोगमा पक्राउ पर्ने महरा दोस्रो गृहमन्त्री

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार सिंहदरबारस्थित महानगरीय प्रहरी वृतमा राखिएकाे छ । महरालाई प्रहरीकाे  केन्द्रीय अनुन्धान व्यूरो(सीआईबी) टोलीले पक्राउ गरेको हो ।

महरालाई बालुवाटारस्थित सभामुख निवासबाट पक्राउ गरेको हो । महरालाई प्रहरीेले अदालतको अनुमतिमा पक्राउ गरेको हो । प्रहरीले निवर्तमान सभामुख महरालाई उनकै रातो गाडीमा ल्याएको थियो ।

महरालाई पक्राउ गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतसँग अनुमति मागेको थियो । जिल्लाका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको आरोपमा जाहेरी परेपछि निर्वतमान सभामुख महरालाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालतसँग अनुमति मागेको थियो ।

फौजदारी अभियोगमा पक्राउ पर्ने महरा दोस्रो गृहमन्त्री
महरा पूर्व उपप्रधान तथा गृहमन्त्री समेत हुन् । फौजदारी आरोपमा पक्राउ पर्ने उनी दोस्रो गृहमन्त्री हुन । यसअघि अर्को गृहमन्त्री खुमबहादुर खड्का पनि भ्रष्टाचार आरोपमा पक्राउ परेका थिए । डेढ वर्ष जेलजीवनपछि 



खड्काको निधन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष

यसअघि नियमित बुलेटिनमा विभिन्न जिल्लाका २ सय २६ जनामा संक्रमण भएकाे बताइएकाे थियाे ।

काठमाडौं । वायुसेवा सञ्चालकहरुले हवाइ इन्धनको मूल्य घटाउन सरकारसँग माग गरेका छन् । उडान प्रतिबन्धका कारण विभिन्न वायुसेवा कम्पनीलाई दैनिक…

काठमाडौं । नेपालमा सोमबार फेरि २२६ कोरोना संक्रमित थपिएका छन् । मुलुकको विभिन्न ठाउँमा उल्लेखित संख्यामा थप कोरोना संक्रमिण पुष्टि…

रुपन्देही । भीम अस्पतालमा भर्ना भएका सबै कोरोना भाइरस (कोभिड–१९) संक्रमित डिस्चार्ज भएका छन् । सबै संक्रमितलाई अस्पतालले सोमबार डिस्चार्ज…

संक्रमणबाट बचाउनु जति आवश्यक छ उनीहरुलाई मानसिक स्वास्थ्यको हेरचाह गर्नु पनि त्यति नै जरुरी रहेको छ ।

मेष– भातृ सहयोग मिल्नेछ , नयाँ योजनाको काम बढ्नेछ । वृष– मिठो भोजनमा रमाइनेछ, वोलीले प्रभाव पारिनेछ । मिथुन– पारिवारिक…