आजको मौसमः यी ठाउँमा हल्का वर्षा हुने

काठमाडौं । आज देशभर आंशिकदेखि सामान्य वदलिको अवस्था रहने मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ ।
दिउँसो देशभर सामान्य बदलि रही मध्य र पूर्वका थोरै स्थान र पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राति पनि देशभर आंशिकदेखि सामान्य बदलि रही मध्य र पूर्वका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।