टी–ट्वान्टीमा नेपालकाे विजयी सुरुवात

काठमाडौं । ओमानमा जारी पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टीमा नेपालले विजयी सुरुवात गरेको छ ।

नेपालले आफ्नो पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको हो ।

ओमानको अल अम्रेट क्रिकेट स्टेडियममा टस हारेर पहिले व्याटिङ गरेको हङकङले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेटायो ।

नेपालका लागि विनोद भण्डारीले अविजित ५८ रन बनाए । आरिफ सेखले २१ रन र सोमपाल कामीले १३ रनको योगदान गरे । यसअघि व्याटिङ गरेको हङकङले पुरा २० ओभर खेल्दै ६ विकेटको क्षतिमा १ सय २५ रन बनाएको थियो । नेपालका लागि करण केसीले ४ विकेट हात पारे । नेपालले भोली नेदरल्याण्डसँग खेल्नेछ ।

ओमानको आयोजनामा भइरहेको टी–२० श्रृंखलामा नेपाल, आयोजक ओमान सहित नेदरल्याण्ड, हङकङ र आयरल्याण्ड सहभागी छन् ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

बिहान ५ः०० स्टेशनआइडी/राष्ट्रियगान ५ः०२ योग/एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन/प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन/प्रोमो ७ः०० जनता…

गोपाल पाठक/विनोद लामिछाने/अनिश्मा बस्नेत काठमाडौं । जनता टेलिभिजनमा आज (शुक्रबार) प्रसारण गरिएका एक सय समाचारको संगालो नै शत् प्रतिशत समाचार…

झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजिकै शनिबार बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् ।…

फाइल फाेटाे दाङ । घोराहीमा मोटरसाइकल दुर्घटनाबाट एकजनाको मृत्यु भएको छ । शुक्रबार साँझ रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा १९ वर्षीय…

संस्थाको पाँचौं साधारणसभा आगामी मंसिर २८ गते काठमाडौंमा हुन लागेको हो ।

मेष– नयाँ कामको थालनी हुने देखिन्छ । साताको शुरुमा काममा जिम्मेवारी थपिने एवं नयाँ काममा खर्च बढ्नेछ । व्यापार व्यवसायमा…