अर्घाखाँचीमा जिप दुर्घटना ३ को मृत्यु, ५ घाइते

                 फाइल तस्बिर

अर्घाखाँची । नरपानीमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् । कृष्णनगरबाट ठाडा हुँदै सन्धिखर्कतर्फ आउँदै गरेको लु १ ज ४३२९ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जनाको शव भेटिएको तर उनीहरुको सनाखत भइनसकेको प्रहरी नायव उपरीक्षक प्रकाश बिष्टले जानकारी दिनुभयो । उहाँले घाइतेको उद्धारको लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको बताउनु भयो ।

घाइतेलाई उपचारका लागि सन्धिखर्क ल्याइएका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौंधरीलाई तत्काल रिहा गर्न माग गरेको छ ।

तिनिधिसभा सदस्य पार्वत गुरुङलाई काठमाडौ जिल्ला अदालतले साधारण तारिखमा छोड्न आदेश दिएको छ ।

निलम्बित सांसद मोहम्मद अफताब आलमलाई घटनाको १२ वर्षपछि न्यायालयको कठघरामा उभ्याइएको छ ।

नेपाल भ्रमण सफल पार्न ‘एक नेपालीले एक विदेशी पठाउ’ अभियान संचालन हुने भएकाे छ ।

नेपाल पब्लिक क्याम्पस संघको सभापतिमा शिवराज संजेल विजयी हुनुभएको छ ।

मुस्लिम समुदाय अन्तर्गतको नट जातिले विवाहमा भालु र सर्प दाइजो दिने गर्छन् ।