अन्तरमनको रावण वध होस्

नयाँ कपडा,मिठो खाना, परिवारजन तथा इष्टमित्रसँगको भेटघाट लगायत दशैंमा गरिने अनेकन सांस्कृतिक कृयाकलाप उत्सवलाई उल्लासमय र माधुर्य बनाउने कौतुक हुन् । बडादशैं सांस्कृतिक उत्सवले सिंगो जीवनशैलीलाई वृन्दावनको रासमय आनन्द प्रदान गर्छ । प्रकृतिमा छाएको शारदीय आभा र मनोहर सुन्दरताले पुलकित मानवीय मन दशैंको बहुविध लालित्यमा रम्छ । यो आवरणमा देखिने बडादशैंका छटा हुन् ।

दशैंको मीमांसित मर्म हो ‘असत्यमाथि सत्यको जित ।’ त्यसकारण दशैंमा अन्याय, अत्याचार, शोषण दमन र उत्पीडनको प्रतीक अर्थात् आसुरी प्रवृत्तिका रावणको पुतला दहन गर्दछौं । शास्त्रमा वर्णित रावणको उहिल्यै वध भयो । यसर्थमा हामी बाहिरी रावणको खोजीमा हुन्छौ । आफैँभित्र रहेको रावणसँग मनुष्य प्रायः पराजित हुन्छ । बाह्य जगतको रावणलाई पराजित गर्न सजिलो छ । संगठन निर्माण, फौज गठन वा जनविद्रोह निम्त्याएर दानवीय प्रवृत्तिका शासन वा शक्तिशाली आतातायीलाई नामेट पार्न सकिन्छ । तर मनुष्य आफैँले आफूलाई जित्न सक्दैन । आफ्नै अन्तस्करणमा सुशुप्त रहेको दानवी प्रवृत्तिको वशिकरणमा पर्छ । अन्तर मनको रावणसँग प्राय पराजित हुन्छ मनुष्य ।

परपीडक चित्तभित्र रावणीय बीज छुपेको हुन्छ । अन्तर मनको सुक्ष्मातिसुक्ष्म निरीक्षण बिना अगम्य अन्तस बोध हुँदैन अत्यन्त दुरुह छ । मनुष्य मध्यमा छन् । मनुष्य अग्रगामी भयो भने बुद्धत्वतर्फ उक्लिन्छन् । पश्चगमनमा गयो भने पशुतामा पतन हुन्छ । झट्ट हेर्दा समाजमा अपराध बढेको जस्तो देखिन्छ तर एकमुष्ट परिणाम भनेको मानवताको पतन र समाजको क्षयीकरण हो ।

सुसंस्कृत, संस्कारित र सभ्य समाज निर्माणको महान अभियानमा हाम्रा सांस्कृतिक चाड पर्वको निर्माण भएको हो । सांस्कृति छटा सामाजिक र सामूहिक जीवन पद्धति पनि हुन् । सत्मार्ग र मानव कल्याणलाई मानवीय जीवन दर्शन र सामाजिक मूल्यको आधारशीला बनाउन दशैं जस्तो चाड पर्वको महत्वपूर्ण भूमिका छ । दशैंको टीका र जमरासहितको अग्रजको आसिक दिने परम्पराभित्र असत्यमाथि सत्यको जीतको मर्म अंकित छ । अन्तर मनको आसुरी प्रवृत्तिको वध गर्ने आत्मबल जगाउने प्रेरणा छ । बडादशैंले मानवीय अचेतनाभित्रको रावण वध गरोस् । पारिवारिक सम्बन्ध प्रगाढ बनाउनुको साथै सामाजिक सद्भाव कायम राख्न मद्धत पुर्‍याओस् बडादशैंले, यही शुभकामना ।

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

दुवै पक्षले आफ्नो जीत सुनिश्चित रहेको दाबी गरेका छन् ।

प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव समूहको गोप्य बैठकमा छापा मारेको छ ।

प्रतिनिधिसभा सदस्य पार्वत गुरुङले आफूविरुद्ध राजनीतिक प्रतिसोध साँधेर मुद्दा लगाउन खोजिएको बताउनुभएको छ ।

उनीहरुले गोठमा बाँधेको गोरु चोर खोला किनारमा लगेर काटेको प्रहरीले जनाएको छ ।

बिहान ५ः०० स्टेशनआइडी÷राष्ट्रियगान ५ः०२ योग÷एरोबिक्स ५ः२५ दर्शन दिग्दर्शन ५ः५५ विज्ञापन÷प्रोमो ६ः०० जनता समाचार ६ः३० तिर्थ पर्यटन ६ः५५ विज्ञापन÷प्रोमो ७ः०० जनता…

मेष–भोजनको सुख मिल्नेछ, धनको प्राप्ति हुनेछ । वृष–यात्रामा सुख मिल्नेछ, पारीवारिक भेटघाट हुनेछ । मिथुन–प्रतिस्पर्धामा जीत हुनेछ, आर्थिक सहयोग मिल्नेछ…